भाद्र ८ ,काठमाडौँ । काठमाडौँ महानगर पालिका वडा न. २३ झोछें बस्ने राजु मान्धरले आफ्नै भाई ४८ बर्षिय गौतम मानन्धरको बुधबार दिउसो सुतिरहेको अवस्थामा टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या गरेको खुल्न आएको छ । सामान्य घराइसी बिबादका कारण केहि दिनदेखि दाजुभाई बीच तनाब भइरहेको कारण हत्या भएको हुनसक्ने परिवार निकट श्रोतको भनाइ रहेको छ । अक़ुरिएम ब्यबसाय गर्दै आएका गौतम बुधबार दिउसो आफ्नै कोठामा सुतिरहेको अवस्थामा आफनै दाई राजुले धारिलो हतियार प्राहर गरि हत्या गरे पश्चात प्रहरीमा आफै गएका थिए । भाइको हत्या गरेको स्वीकारेका राजु मानन्धरलाइ आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ ।