सिंगापुर टस जितेर ब्याटिंग गर्दै

आईसीसी टि(२० विश्वकप छनौट) एसिया फाइनल प्रतियोगिता अन्तर्गत चौथो तथा अन्तिम खेलमा नेपालले आयोजक सिंगापुरसंग खेल्दैछ। खेल नेपाली समय ७:१५ बजे बाट सुरु हुनेछ।

सिंगापुरको इन्डियन एसोसीएसन मैदानमा सिंगापुरले टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको छ। नेपालले अन्तिम खेलमा कुवेतसंग खेलाएको अन्तिम(११ लाईनै आज पनि खेलिएको छ।

नेपाली टिम : पारस खड्का( कप्तान ) , ज्ञानेन्द्र मल्ल , शरद भेसावकर, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, रोहित पौडेल, बसन्त रेग्मी, सोमपाल कामि, सन्दिप लामिछाने, अविनाश बोहरा, करन केसी

आज सिंगापुरलाई पराजित गरे नेपाल अक्टोबर ११ देखि युएईमा सुरु हुने टि(२० विश्वकप ग्लोबल छनौट खेल्नेछ। ग्लोबल छनौटमा खेल्ने १४ टिमबाट उत्कृस्ट ६ टिम २०२० मा अस्ट्रेलियामा आयोजना हुने टि(२० विश्वकप खेल्न छनौट हुनेछ।

नेपाललाई सिंगापुरले कुनै पनि सिनियर स्तरको क्रिकेटमा हालसम्म पराजित गर्न सकेको छैन। हालसम्म ३ खेल टि(२० मा नेपाल र सिंगापुर खेल्दा २ वटामा नेपालले सहजै जित दर्ता गरेको थियो भने तेश्रो खेल नतिजाविहिन रहेको थियो।

टि(२० अन्तर्राष्ट्रिय वरियतामा सिंगापुर २३ औं स्थानमा रहेको टिम हो। प्रतियोगितामा अपराजित रहेको सिंगापुरले पहिलो खेलमा कतारलाई ३३ रनले पराजित गरेको थियो भने कुवेतसंगको दोश्रो खेल नतिजाविहिन रहंदा १र१ अंक बाँडेको थियो। तेश्रो खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो।

नेपाल प्रतियोगिताको पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भएको थियो जसपछि दोश्रो खेलमा मलेसियालाई ७ विकेटले तथा तेश्रो खेलमा कुवेतलाई ७ विकेटलेनै पराजित गरेको थियो।

Loading...