मादक पदार्थ सेवन गरेर बुहारीले गरिन आफ्नै सासुको हत्या

काभ्रे, १ साउन । धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीले सासूको हत्या गरेकी छन्।

इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेकी दाबी गरे ।

टाउको र पेटमा गम्भीर चोट लागेकी माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति १ बजे मृत्यु भएको हो।

मादक पदार्थ सेवन गरेकी बुहारीले सासूसँग झगडा हुँदा २४ वर्षीया जेठी बुहारी सुन्तलीले हत्या गरेको प्रहरीको भनाई छ।

आरोपी सुन्तलीलाई घटनालगत्तै नियन्त्रणमा लिई बनेपा प्रहरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सुन्तलीले ससुरा र श्रीमानकै अगाडि कपाल समातेर घरको पक्की भित्तामा पटक–पटक टाउको ठोक्काई सासूको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। सासूलाई बुहारीले कुट्दा ससुरा र श्रीमान मुकदर्शक बनेको प्रहरीले जनाएको छ ।