युरोपमा नेपाली जहाजलाई खुला गर्न जर्मनीले पहल गर्ने

काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड शेफरले नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलसँग भेटवार्ता गरेका छन्। भेटवार्तामा हवाइसुरक्षाको विषयमा कुराकानी भएको महानिर्देशक पोख्रेलले जानकारी दिएका छन्।

महानिर्देशक पोख्रेलले राजदूत शेफरलाई युरोपियन युनियनले नेपाली जहाजलाई युरोप प्रवेशमा प्रतिबन्ध लगाएको लामो समयसम्म फुकुवा नभएको भन्दै राजदूत शेफरमार्फत ध्यान आकर्षण गराएको बताएका छन्। युरोपमा नेपाली जहाज प्रवेशको विषय जर्मनीले मात्रै समाधान गर्न नसक्ने तर पहल गर्ने राजदूत शेफरले बताए।

आइकाओले नेपाललाई सुरक्षा संवेदनशीलता भन्दै २०१७ मा लागएको प्रतिबन्ध हटाए पनि युरोपियन युनियनले अहिलेसम्म हटाएको छैन ।

Loading...