लिभरपुलले उचाल्यो युरोपियन च्याम्पियन्स लिगको ऐतिहासिक उपाधि

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको उपाधी लिभरपुलले हात पारेको छ । गएराति भएको खेलमा लिभरपुलले टोटनहम हट्सपरलाई २–० ले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो ।

स्पेनको मड्रिडमा सम्पन्न भएको फाइनल खेलमा लिभरपुलले जित निकाल्दा क्लबका लागि मोहम्मद सलाह र डिभोक ओर्गीले गोल गरे। खेलको दोस्रो मिनेटमा नै लिभरपुलले १–० को अग्रता लिएको थियो। साडियो मानेको क्रस डि बक्सभित्र टोटनहमका माउसा सिसाकोको हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीमा गोल गर्दै मोहम्मद सलाहले लिभरपुललाई अघि बढाएका हुन्।

यस्तै ८७औं मिनेटमा डिभोक ओर्गीले दोस्रो गोल गर्दै लिभरपुललाई उपाधि दिलाए। योसँगै लिभरपुलले छैटौं पटक यूरोपियन लिगरयूरोपियन कपको उपाधि उचालेको छ। इङ्लिस क्लबहरुमा लिभरपुल यूरोपमा सबैभन्दा सफल क्लब पनि हो। उसपछि म्यानूले ३ पटक यूरोपको यस शीर्ष क्लब स्तरीय प्रतियोगिताको उपाधि जितेको छ।

लिभरपुल गत सिजनको उपविजेता समेत हो। उक्त सिजनमा लिभरपुल रियल म्याड्रिडसँग पराजित हुँदै उपविजेतामा सीमित रहेको थियो। यस सिजनमा म्याड्रिडमा नै उनीहरुले ट्रफी कब्जा गरे।

टोट्नहमका पटक पटकका प्रयास लिभरपुलका गोलरक्षक आलिसनले विफल बनाइदिएका थिए। आलिसनले सन हुइङ मिन, लुकास मौरा तथा क्रिस्टियन इरिक्सनको प्रहार रोकेपछि टोटनहम खेलमा फर्कन सकेन्।

टोटनहमका प्रशिक्षक मोरिसी पोचिटिनोले गत अप्रिलमा घुँडाको इञ्जुरीबाट घाइते भएका मुख्य खेलाडी ह्यारी केनलाई तीन महिनापछि सुरु देखि नै मैदान उतारेका थिए। तर, उनको प्रभाव खासै देखिएन्।

लिभरपुलले गत सिजनको फाइनलमा यूक्रेनमा उनीहरुबाट रियल म्याड्रिडले खोसेको ट्रफी जितेसँगै मड्रिडको मेट्रोपोलिटिनो स्टेडियममा खेलाडी, अफिसियल तथा समर्थकहरुले जमेर सेलिब्रेसन गरेका थिए।

Loading...