डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले गरे पार्टी एकता ,नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल

बैशाख २३ , काठमाडाैं । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको नेतृत्वमा रहेका नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच एकता सम्पन्न भएको छ । लामो समय देखि नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम, नेपालबीच एकताका लागि चलेको छलफल पश्चात सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्येक्रममा एकता समझदारीपत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक बाबुराम भट्टराई र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरे पछि नयाँ बनेको एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपालमा रुपान्तरण भएको छ ।

संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कार्यक्रमको अध्यक्षता गरिरहेका उपेन्द्र यादवले नाम घोषणा गरेका हुन् । भने सहअध्यक्षमा उपेन्द्र यादव रहेका छन् ।

बरिष्ठ नेताका रुपमा अशोक कुमार राई चयन भएका छन भने, पार्टी सह-अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ सर्वसम्मतिले चयन भएका छन् । यस्तै, उपाध्यक्षहरुमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई छन् ।

महासचिवहरुमा, गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् । उपमहासचिवहरुमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् भने सचिवहरुमा मोहम्मद इस्तियाक राई, दुर्गा सोङ, पर्शुराम बस्नेत, प्रशान्त सिंह चयन भएका छन् । पार्टी कोषाध्यक्षमा विजयकुमार यादव चयन भएका छन् ।

फोटो – बुद्ध शरण शाही

Loading...