पाल्पामा अर्को जन्ती जीप दुर्घटनामा पर्यो, ५ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं, १६ चैत । पाल्पामा जन्तीमा गएको एउटा जीप दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ । पाल्पाको निस्धी गाउँपालिका–७ मा उक्त दुर्घटना परेको हो ।

पाल्पाकै भेलपानीबाट हुवासतर्फ जाँदै गरेको लु १ ज १९४१ जीप सोमबार अपरान्ह साढे ५ बजे अनियन्त्रित भइ सडकबाट करिब ३ सय मिटर तल खसेको हो । घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका मध्ये एक जना भने सकशुल रहेको बताइएको छ । मृतकको सनाखत भइसकेको छैन । उक्त क्षेत्रमा प्रहरीले उद्दार र दुर्घटनाको कारण अध्ययनका लागि विशेष टोली खटाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Loading...