पौडेलको ‘समयको सारङ्गी’ लोकार्पण

काठमाडौँ, १५ साउन । कवि भवानी पौडेलको कवितासङ्ग्रह ‘समयको सारङ्गी’ सार्वजनिक भएको छ ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले सो पुस्तक लोकार्पण गर्दै सामाजिक वञ्चितीकरणमा परेका पक्षका सपना र आकांक्षालाई कविताले प्रस्तुत गरेको बताए ।

समालोचक प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले पौडेलका कवितामा कवित्व पाइएको छ भन्दै उनी साहित्यिक निरन्तरताको कामना गरे । बयानब्बे पृष्ठको सो पुस्तकको प्रकाशन धर्मराज रेग्मीले गरेका हुन् । नेपालीमा स्नातकोत्तर, कानुन र शिक्षा विषयमा स्नातक गर्नुभएका पौडेल पेशाले शिक्षक हुन ।

पत्रकार तीर्थ कोइराला र रामचन्द्र हुमागाईं, साहित्यकार प्रतीक ढकाल, लोकसञ्चारर्की नेपालका अध्यक्ष हरिबल्लभ नेपाललगायतले पौडेलका कविताबारे समीक्षा गरेका थिए ।

Loading...