मधेशको कला संस्कृतिलार्इ जोगाउनुपर्रने खाँचो

काठमाडौं, १५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले तराई–मधेशको कला–संस्कृतिको उत्थानका लागि आफ्नो मन्त्रालयले विशेष योजना तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मैथिली सिने संसार पत्रिकाले मधेश मिडिया हाउसमा आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री देवले तराई–मधेशका कला–संस्कृतिलाई राज्यले सम्मान गर्नुपर्ने बताए ।

उनले तराई–मधेशको कला–संस्कृतिलाई उजागर गर्ने खालको योजना मन्त्रालयमा बुझाउन कलाकर्मीलाई आग्रह गरे ।

कार्यक्रममा धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले ‘हिमाल, पहाड र तराई, कोही छैन पराई’ भन्ने भावनालाई उजागर गर्नका लागि आफ्नो संस्थाले महोत्तरीको बर्दिवासमा नमूना मुसहर बस्ती बनाएको बताए ।

कार्यक्रममा हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस), कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), नृत्य निर्देशक इन्द्रकुमार चौधरी, निर्मात्री अनिता यादव र कलाकार प्रीति अधिकारीलाई सम्मान गरियो ।

Loading...