काठमाडौं गोङ्गबुमै भेटिए ठूलो हतियारका कारोवारी, कारोबारीमाथि प्रहरीले चलायो यसरी गोली

काठमाडौं । राजधानीमा हतियारका काराेवारीहरु बढेका छन । यसैक्रममा एकजना हतियार काराेवारीमाथि काठमाडाैंकाे गाेङ्गबुमा प्रहरीले गाेली चलाएकाे छ । मध्य सहरमै यसरी प्रहरीले हतियार काराेबारी नियन्त्रणमा लिन नसकेर गाेली चलाउनुपर्ने अवस्था अाएपछि राजधानीमा सुरक्षा चिन्ता बढेकाे छ ।

गोंगबुमा प्रहरीले गोली चलाएर एक जना हतियार कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका अभिलास तामाङ छन् । प्रहरीमाथि जाइलागेपछि तामाङमाथि गोली चलाउनु परेको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी वसन्त लामाले बताएका छन ।

एसएसपी लामाका अनुसार गोंगबुको होटल नक प्रा.लि.मा हतियारसहित हिँडिरहेको सूचना पाएपछि परिसरबाट गएको टोलीसँग उनको जम्काभेट भएको थियो । त्यसक्रममा तामाङमाथि गोली प्रहार हानिएको हो । उनको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल लगिएकाे प्रहरीले जानकारी दिएकाे छ । 

पछिल्लाे समय राजधानीमा हतियारसहित पक्राउ पर्नेहरुकाे संख्या बढेकाे छ । प्रहरीसँग धेरै ठाउँमा हतियारधारीहरुकाे जम्काभेट र गाेली हानाहान पनि भएकाे छ ।

 

Loading...