काठमाडौँ।
सुन्दा पनि विश्वास नलाग्ने तर सत्य घटना पशु चोर्न किसनाहरुको नरसंहार । यो घटना नाइजेरियाको हो । उत्तरी राज्य जाम्फरामा पशु चोरहरुले २५ भन्दा बढी मानिसको हत्या गरेका छन् ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार जानोका गाउँमा मोटरसाइकलमा आएका पशु चोरहरुले अन्धाधुन्ध गोली हान्ने र किसानहरुको घरमा आगो लगाएका थिए । राज्य सरकारले विगत सात वर्षमा १० हजार भन्दा बढी पशु चोरी भएको जनाएको छ ।
जाम्फरामा पछिल्लो समय भिजिलान्ते र पशु पालकहरुबीच हिंसा बढ्को छ ।
नाइजेरियामा इस्लामिक लडाकु समुह बोको हरामले चलाएको हिंसा शुरु हुनु भन्दा अघि देखी पशु चोरी सम्बन्धी हिंसा हुँदै आएको छ ।
बोको हरामको हिंसाका कारण भन्दा पशु चोरीको घटनामा मारिनेको संख्या बढी रहेको अनुमान गरिन्छ । तर यस सम्बन्धमा सरकारी तथ्यांक भने आएको छैन ।
पशु चोरीमा अपराधी र नेताहरुको पनि संलग्नता भएकाले यो विषय थप जटिल बनेको बताइन्छ ।