काठमाडौँ, ६ जेठ ।
एमाले र माओवादी केन्द्रले जबर्जस्ती आफ्नो पार्टीको नामसँग नाम जुधाएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले कडा आपत्ति जनाएका छन् ।
केपी ओली र प्रचण्डको उक्त कार्य गैरकानुनी भएको समेत उनले बताएका छन् । अध्यक्ष कट्टेले आइतबार ५ बुँदे विज्ञप्ति जारी गरेर संविधान र दल दर्ता सम्बन्धि कानुनका अनुसार निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी दर्ता हुँदाहुँदै पनि एमाले र माओवादी केन्द्रले नाम असंवैधानिक र गैरकानुनी रुपमा नाम जुधाएको बताएका छन् ।
उनले संचारमाध्यमहरुले नेकपा अन्डरलाइनलाई नेकपा भनेर गलत समाचार सम्प्रेशरण गरेकोप्रति आपत्ति समेत जनाए ।
“नेपाल कम्युनिस्ट पार्टी संविधान सभाको दोस्रो निर्वाचनदेखि निर्वाचन आयोगमा विधिवत दर्ता भएको दल हो । पछिल्लो पटक निर्वाचन आयोगलको मिति २०७४।५।२२ को निर्णयअनुसार संवधिानको धारा २७१ र राजनीतिक दल सम्बन्धि ऐन २०७३को दफा ४८ अनुसार नेपाल कम्युनिस्ट पार्टी दर्ता गरी निर्वाचन चिन्ह घन कोदालो प्रदान गरेको छ” कट्टेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संवैधानिक दायराबाटै संघर्ष अगाडि बढाउने र एमाले र माकेले गैरकानुनी र असंवैधानिक बाटो अवलम्बन गरे प्रतिरोध गर्ने चेतावनी दिँदै कट्टेलले भने, “नेपाल कम्युनिस्ट पार्टी वर्तमान समयमा संवैधानिक दायरा भित्रैबाट आफ्नो संघर्ष अगाडि बढाउन चाहन्छ । यदि सत्तासिनहरु असवैधानिक एवं गैरकानुनी बाटो अवलम्बवन गर्दछन् भने नेपाल कम्युनिस्ट पार्टी त्यसको प्रतिरोध गर्न सक्षम रहेको पनि जानकारी गराउन चाहन्छौं ।”
हेर्नुहोस् कट्टेलले सार्वजनिक गरेको ५ बुँदे बिज्ञप्ति