देशभरका सिण्डिकेटवाला यातायात ब्यवसायीलाई २४ घण्टाभित्र पक्राउ गर्न गृहमन्त्री बादलको निर्देशन

काठमाडौं, २१ बैसाख ।

सिण्डिकेट बचाउन सार्वजनिक सवारीका साधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका व्यवसायीलाई सरकारले पक्राउ गर्ने भएको छ ।

सिन्डीकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात ठप्प पार्ने यातायात ब्यावसायीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न गृहमन्त्री रामबहादुर थापा बादलले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्। ।

मन्त्री थापाले गृहसचिव, प्रहरी प्रमुख र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हड्तालमा उत्रिएका व्यवसायी समितिहरुका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका उनका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले जानकारी दिए ।

‘सरकार यातायात क्षेत्रमा सिण्डिकेट लगाउनेहरुसँग कुनै पनि मूल्यमा झुक्दैन’, सुवेदीले भने, ‘हड्ताल गरेर सर्वसाधारण यात्रुलाई मारमा पार्नेहरुलाई पक्राउ गरेर थुन्न र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन गृहमन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।’

सरकारले यातायातको सिण्डिकेट हटाउन कडा कदम चालेपछि सरकार र व्यवसायीबीच वाकयुद्ध चल्दै आएको छ । गृहमन्त्री थापाले गाडी ग्यारेजमा थन्काउने चेतावनी दिएका व्यवसायीलाई चाबी खोसेर नेपाली सेना र प्रहरीका चालक लगाएर गाडी गुडाउने चेतावनी दिँदै आएका छन् ।

Loading...