विर्तामोडले जित्यो पाँचथर गोल्डकपको उपाधी

ताप्लेजुङ । पाँचथर गोल्डकपको उपाधि बिर्तामोड युनाइटेड झापाले हात पारेको छ । पाँचथर सदरमुकाम फिदिममा आइतबर सम्पन्न प्रतियोगितामा न्यू स्टार सुनसरीलाई १–४ गोलको फराकिलो अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो ।

जितसँगै झापाले ३ लाख ५ हजार सहित ट्रफी हात पारेको छ । उप–विजेता सुनसरी १ लाख ५० हजारमा चिक्त बुझायो । अन्तिम प्रतिष्पर्धामा झापाका नवयुग श्रेष्ठले खेलको तेश्रो मिनेटमै गोलको खाता खोल्दै विजयको लक्षण देखाएका थिए ।

४७औं मिनेटमा पुष्प मादेन र ५७ औं मिनेटमा पुजन उभरकोटीले १–१ गोल थपे भने नवयुगले ७५ औं मिनेटमा पुनस् दोस्रो गोल गर्दै टिमलार्इ विष्यी बनाए । सुनसरीका तर्फवाट लिम्वूले ३३ औं मिनेटमा सान्त्वना गोल गरे ।

खेल अवधिभर ६ गोल गरेका नवयुगलाई हाई स्कोरर सँगै मेन अफदि टुनामेण्ट घोषणा गरियो । उनले टिभिएस कम्पनीको स्ट्राइकर मोटरसाइकल प्राप्त गरेभने थप १० हजार रुपैंयापनि हाता पारे । नेपालका ए डिभिजन सहित ८ टिमले भागलिएको प्रतियोगिता चैत २५ गते शुरु भएको थियो । प्रतियोगिता पाँचथर क्लबले आयोजना गरेको हो ।

Loading...