ब्यारेकभित्रै दुई नेपाली सैनिकको रहस्यमय मृत्यु

काठमाडौं, १३ चैत ।

नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत कार्यरत दुई नेपाली सैनिकको ब्यारेकभित्रै रहस्यमय मृत्यु भएकाे छ

नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीभित्र रहेको पोखरीमा दुई व्यक्ति मृत अवस्थामा देखिएपछि स्थानीयवासीले हल्लाखल्ला गरेका थिए । सेनाले पछि ती दुवै डुबेका व्यक्तिको शव पोखरीबाट निकालेर शव परीक्षणका लागि ल्याइएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।

मुत्यु हुनेमा अन्दाजी ३० वर्षका दोलखबहादुर चन्द र अर्का सोही उमेरका भरत विक रहेको खुले पनि आधिकारिक रुपमा पृतना मुख्यालयले भने यसको जानकारी दिएको छैन । मृतक दुवैको शव सोमबार राति नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको भने प्रतिष्ठानले खुलासा गरेको छ ।

नेपाली सेनामा कार्यरत ती दुवै व्यक्तिको के कस्तो कारणले ज्यान गएको हो भन्ने विषयमा आधिकारिक रुपमा जवाफ प्राप्त हुन सकेको छैन । साथै ती दुवै मृतक कहाँका हुन् भन्ने कुरा पनि बाहिर आउन सकेको छैन । सैनिक मुख्यालय मौन बसेपछि घटनाबारे बिभिन्न आशंकाहरु उब्जिएका छन् ।

Loading...