अबको ३२ वर्षपछि सुर्य अहिलेसम्मकै चिसो हुने वैज्ञानिकको दावी

हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ। क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रकाबारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो। उनीहरुले त्यतिबेला सम्ममा सूर्यको तापक्रम सात प्रतिशतसम्म घट्नसक्ने विश्वास व्यक्त गरेका छन् । सूर्यको तापक्रम घटेपछि पृथ्वीमा पर्ने तापक्रम पनि कम हुनेभएको छ। […]

इन्टरनेटका कारण पछिल्लो समय बालबालिका साइबर कुलतबाट नराम्ररी प्रभावित

काठमाडौं, ५ फागुन । तपाईँका छोराछोरी पढ्न छोडेर कतै एकान्तमा बसेर एकोहोरो मोबाइल, आइप्याड, तथा ट्याब चलाउने त गर्दैनन् ? यदि त्यसो गर्छन् भने हाशियार ! साइबर कुलतमा फस्लान् । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालप्रतिको बढ्दो आकर्षण र इन्टरनेट सुविधाको सुलभ तथा सहज महुँचका कारण नेपाली बालबालिका साइबर कुलतबाट नराम्रोसँग प्रभावित भएको पाइएको छ । […]

वर्ल्डलिंकले ल्यायो स्मार्ट विद्यार्थीका लागि ‘हाम्रो स्कुल’ ई–लर्निङ सेवा

काठमाडौं । नेपाली शैक्षिक क्षेत्रमा रहेको पठनपाठन प्रणालीमा नौलो आयाम थप्दै वल्र्डलिंकले विश्वका प्रतिष्ठित राष्ट्रमा जस्तै ईन्टरनेटको माध्यमबाट घरमै बसि–बसि विभिन्न तहको कोर्सहरु अध्ययन गर्न सकिने ‘वल्र्डलिंक हाम्रो स्कुल’ ई–लर्निङ सेवा सञ्चालनमा ल्याएको छ । समयसापेक्ष रुपमा आधुनिक समयमा शैक्षिक क्षेत्रमा परिमार्जन गर्ने उद्देश्यका साथ वल्र्डलिंकले यो सेवा मिदास ई–क्लाससँगको सहकार्यमा सञ्चालनमा ल्याएको हो । […]

भर्चुअल मुद्राको चिप निर्माण गर्दै सामसुङ

काठमाडाैं । विद्युतीय सामाग्री निर्माता कम्पनी सामसुङले भर्चुअल मुद्राको चिप निर्माण गर्ने भएको छ । क्रिप्टोकरेन्सीकै संरचनामा चिप निर्माण भइरहेको कम्पनीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । नयाँ प्रविधिलाई आत्मसात गर्दै चालिएको पछिल्लो कदमले नाफा बढाउन मद्दत पुग्ने दक्षिण कोरियाली कम्पनीको विश्वास छ । यसअघि सबैभन्दा महङ्गो चिप निर्माण गरेको इन्टेल कम्पनीको रेकर्ड समेत […]

आज ५:५५ बजे खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक समिति अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुने र आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिने समितिका अध्यक्ष प्रा […]

अनुहार पहिचान गरेर आफैं ढोका खुल्ने कार

काठमाडाैं । लससभेगासमा आयोजना भएको सिइएस मेलामा चिनियाँ कम्पनी बाइटनले अनुहार पहिचान गरेर आफैं ढोका खुल्ने कार प्रदर्शन गर्‍यो । यसको स्टेयरिङमै टचस्क्रिन छ । यस्तो टचस्क्रिन भएको यो संसारकै पहिलो कार भएको कम्पनीको दाबी छ । यो कार भ्वाइस र जेस्चर कन्ट्रोलको सहायताले अनुहार पहिचान गरी इसाराकै आधारमा चल्न सक्छ । यो कार एकपटक […]

भारतीय एकाधिकार तोड्दै चीनतर्फको इन्टरनेट नेपालमा

काठमाडाैं । नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो । नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको औपचारिक उद्घाटन आगामी शुक्रबार हुँदै छ । त्यसपछि नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा आबद्धता जनाउनेछ । […]

पाँच घन्टा नेपाल टेलिकमको नेटवर्क जाम, कसरी भयो यस्तो गम्भीर समस्या

काठमाडौं, २२ पुस । नेपाल टेलिकमपकाे नेटवर्क पाँच घन्टासम्म अवरुद्ध भएकाे छ । पाँचघन्टासम्म नेटवर्क अवरुद्ध भएपछि धेरै सेवाग्राहीहरु समस्यामा परेका छन् । शनिबार बिहानै नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको हाे । बिहान तीन बजेदेखि नेटवर्कमा आएको समस्या एकै पटक बिहान आठ बजेमात्र टेलिकमले समाधान गरेको हाे । ओभर हिटका कारण ट्रान्समिसनमा समस्या आउँदा पाँच […]

सामसुङको ग्यालेक्सी ए–८ नेपालमा आयो

काठमाडाै । सामसङ इलेक्ट्रोनिक्सले यसै साता मध्यम गुणस्तरको ग्यालेक्सी ए–८ स्मार्टफोनको बिक्री सुरु गर्ने योजना बनाएको छ । यसका लागि देशकै २ नम्बरको मोबाइल क्यारियर केटीले मंगलबारदेखि नै प्रिअर्डर लिन सुरु गरिसकेको छ । मोबाइल क्यारियरले ग्यालेक्सी ए–८ स्मार्टफोनको कारखाना मूल्य ५ लाख ९९ हजार ५ सय वन अर्थात् ५ सय ६१ डलर पर्ने जनाएको […]

अंग्रेजी नयाँ वर्ष २०१८ को स्वागत गर्न वर्ल्ड लिंकले लगायो मेला

काठमाडौं । इन्टरनेट प्रदायक कम्पनी वल्र्ड लिंकले अंगे्रजी नयाँ वर्ष २०१८ को स्वागतका लागि जावलाखेलमा भव्य मेलाको आयोजना गरेको छ । नेपालमा पनि अग्रेजी नयाँ वर्ष मनाउने क्रम बढेपछि शनिवार वल्र्ड लिंकले जावलाखेल मैदानमा मेलाको आयोजना गरेको हो । इन्टरनेट सेवालाई अझ प्रभावकारी तथा गुणस्तर बनाउने उद्देश्यले यो मेलाको आयोजना गरिएको वल्र्ड लिंकले जनाएको छ […]