६ सामुदायिक विद्यालय नमूना विद्यालय घोषित

नवलपरासी, २७ असार । नवलपरासी जिल्लाका छवटा सामुदायिक विद्यालय नमूना विद्यालयका रूपमा छनोट भएका छन्। जिल्ला शिक्षा कार्यालयबाट भएको प्रारम्भिक मूल्यांकन तथा शिक्षा विभागले गरेको अवलोकन र मूल्यांकनका आधारमा आवश्यक मापदण्ड पूरा गरेका जिल्लाका छवटा विद्यालय छनोट भएका हुन्।

नमूना विद्यालय घोषित हुनेहरुमा नेपाल मावि दिव्यपुरी देवचुली, शिव मावि कावासोती, नवजागरण मावि चोरमारा मध्यबिन्दु, महाकवि देवकोटा मावि सुनवल, राजा महात्मा पूर्णभद्र मावि पञ्चनगर बर्दघाट र त्रिभुवन मावि बेलाटारी प्रतापपुर रहेका छन्।

हरेक नमूना विद्यालयले २०० विद्यार्थीलाई पुग्ने गरी आवासीय सुविधासहितको भवन निर्माणका लागि अनुदान प्राप्त गर्ने छन् । ती विद्यालयलाई शिक्षा मन्त्रालयले हालै नमूना विद्यालय घोषित गरेकोे हो।

Loading...