१९ वर्ष राज गरेकी अामालार्इ विस्थापित गरी अध्यक्ष बन्दै छाेरा राहुल

काठमाडाैं । १९ वर्ष पार्टीकाे नेतृत्वमा बसेर भारतीय कांग्रेसकाे नेतृत्व गरेकी साेनिया गान्धी यसैसाता अध्यक्षमा विस्थापित हुँदैछन् । अामा साेनियालार्इ विस्थापित गर्दै छाेरा राहुल गान्धी भारतीय कांग्रेसकाे अध्यक्ष पदमा उक्लदैछन् । उनी यसअघि पार्टीकाे उपाध्यक्ष छन् ।

छाेरा राहुल गान्धीलाई भारतीय कांग्रेसकाे अध्यक्ष बनाउने तयारी भारतमा सुरु भएको छ । नयाँदिल्लीमा सोमबार अध्यक्ष सोनिया गान्धीको निवासमा बसेको कंग्रेस वर्किङ कमिटी (सिडब्लुसी)को बैठकमा उपाध्यक्ष राहुललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव राखिएको छ । यससँगै कंग्रेसको नेतृत्व अब युवापिँढीमा जाने निश्चित छ । बैठकले अध्यक्षका लागि निर्वाचन मिति पनि सार्वजनिक गरेको भारतीय मिडियाहरूले जनाएका छन् । भारतीय एजेन्सीका अनुसार १६ डिसेम्बरमा मतदान हुनेछ । १९ डिसेम्बरमा निर्वाचनको परिणाम आउनेछ । सिडब्लुसी बैठकमा राहुलसहित मनमोहन सिंह, गुलाम नबी आजद, पी चिदम्बरम तथा सुशीलकुमार सिन्देजस्ता कंग्रेसका सिनियर नेताहरूको उपस्थिति थियो।

सिडब्लुसी बैठकले अध्यक्ष निर्वाचनका लागि विभिन्न कार्यसूची तयार पारेको छ । जसअनुसार १ डिसेम्बरमा अध्यक्ष निर्वाचनका लागि ‘नोटिस’ जारी हुनेछ । त्यसपछि ४ डिसेम्बरमा अध्यक्ष बन्न इच्छुक नेताहरूले आफ्नो नाम निर्वाचन समितिमा दर्ता गराउनेछन् । १६ डिसेम्बरमा मतदान र १९ डिसेम्बरमा चुनावको परिणाम सार्वजनिक हुने सिडब्लुसीले जनाएको छ । यता, अध्यक्ष सोनियाले भावी अध्यक्षका लागि छोरा राहुलको नाम प्रस्ताव गरेकी थिइन् । बैठकमा सिनियर नेताहरूले समर्थन जनाए पनि अन्यले असन्तुष्टि पोखेका थिए । नेता जनार्दन द्विवेदीले अध्यक्षका लागि एक मात्र नाम सिफारिस भए चुनाव गर्नुपर्ने आवश्यकता नभएको भनी विरोध जनाएका छन् । ‘यदि अध्यक्ष पदमा एकजना मात्र व्यक्तिको नाम सिफारिस वा उम्मेदवार बनाइन्छ भने चुनावी कार्यक्रम सार्वजनिक किन गर्नुप¥यो ?’ ट्विटरमा जनार्दन लेख्छन्, ‘एकैपटक राहुललाई नै अध्यक्ष घोषणा गर्दा राम्रो हुने थियो ।’

कंग्रेसभित्र सिडब्लुसी सबैभन्दा बलियो कमिटी हो । पार्टीभित्रैकै सबैभन्दा शक्तिशाली कमिटीलाई उपाध्यक्ष राहुलले एकपटक नेतृत्व गरिसकेका छन् । ६ नोभेम्बरको सिडब्लुसीको बैठकमा अध्यक्ष तथा आमा सोनिया उपस्थित नभएपछि राहुलले नै बैठक अगाडि बढाएका थिए । सो बैठकमा पूर्वप्रधानमन्त्री मनमोहन, गुलाम नबी आदाज, मोतीलाल, अहमद पटेल, दिग्विजय सिंह, अम्बिका सोनी तथा लोकसभाको पार्टी नेता मल्लिका अर्जनजस्ता नेता थिए । सो बैठकमा उपस्थित शीर्ष नेताहरूले नै राहुललाई भावी कंग्रेस अध्यक्ष बनाइनुपर्ने प्रस्ताव राखेका थिए ।

तत्काल राजीवन गान्धीको निधनपछि पिबी नरसिंह रावले कंग्रेस सम्हालेका थिए । अध्यक्षको कार्यकालमै राव सन् १९९१–९६ सम्म भारतका प्रधानमन्त्रीसमेत भए । रावपछि कंग्रेसको अध्यक्ष सोनिया भइन् । सन् १९९८ देखि सोनिया अध्यक्ष पदमा छिन् । सिडब्लुसीले चाहेजस्तै राहुल अध्यक्षमा निर्वाचित भए सोनिया युग समाप्त हुनेछ ।

६ नोभेम्बरमा सिडब्लुसीको बैठकमै उपाध्यक्ष राहुललाई अध्यक्ष बनाउने सिफारिस भएको थियो । त्यसयता राहुलले आफू अध्यक्ष पद सम्हाल्न मानसिक रूपमै तयार भएको जनाउँदै आइरहेका छन् । राहुलले पछिल्लोपटक सहभागिता जनाएका सभा तथा कार्यक्रममा आफू अध्यक्ष बन्न तयार भएको भाषण दिँदै आइरहेका छन् । चार वर्षअघि नै कंग्रेसभित्र राहुललाई नै अध्यक्ष बनाइनुपर्ने आवाज नउठेको होइन । त्यसवेला राहुलको चर्चा त्यतिकै सेलायो । चार वर्षपछि सिडब्लुसी बैठकमा राहुलको पक्षमा एकमतजस्तो देखियो । बैठकमा धेरैजसो शीर्ष नेताहरूले पनि कंग्रेसलाई एक सक्षम तथा युवा नेताले नेतृत्व गर्नुपर्ने धारणा राखेका थिए ।

Loading...