सडक विस्तार संघर्ष समितिले नेपाल सम्वत् न्हूदँ ११४१ ( नयाँ बर्ष )लाइ नयाँ संघर्षको स्वरुपमा मनाए

काठमाडौँ। उपत्यका सडक विस्तार संघर्ष समितिले नेपाल सम्वत् न्हूदँ ११४१ ( नयाँ बर्ष ) लाइ नयाँ संघर्षको स्वरुपमा मनाएको छ। बालाजु बाइपास क्षेत्रमा अदालतको आदेश बिपरित सो स्थामा रहेका घरहरु भत्काई सडक बिस्तार गरेको भन्दै सोमबार त्यहिनै पुगी पिडित , समिति आबद्द अभियानताले नेपाल सम्वत् न्हूदँ ११४१ सुभकामना कार्येक्रम तथा मोटर साइकल र्याली गरेका हुन्। समिति अध्यक्ष सायमीले हरेक बर्ष मनाइदै आएको नेपाल सम्वत् न्हूदँ लाइ अदिकार प्राप्तिको शक्तिमा केन्द्रित रहेर मनाउनु पर्ने बताए। सायमीले भने ‘ हामी उपत्यकाका आदिवासीको भुमि लुटिएको छ , सस्कृति लुटिएको छ , हरेक बर्ष न्हूदँ भिन्तुना ( नयाँ बर्षको शुभकामना ) र्याली गरेर मनाउने गरिरहेका छौ। तर हामीले कानुनी अधिकारलाइ पिडितका पक्षमा उठ्नु पर्ने जरुरि छ। यसैले एस्लाई अभियानको रुपमा मनाउनु पर्ने भएको छ। आदिवासी जनता जागरुक भएर नउठे अर्को पुस्ता बिस्थापित भई अस्तित्व समाप्त हुने छ। ’
अध्य्क्ष सायमीले केहि समुहले कार्येक्रम बिथोल्न खोजोको भन्दै यस्ता समूह आफै परास्त हुदै जाने बताए। उहाले संविधानले प्रत्याभूत गरेको अधिकार सम्मानित सर्वोच्च अदालतको आदेशलाइ टेकेर भत्काइएका घरहरु पुनर्स्थापना गरिने बताए। 

 

 

 

सम्बन्धित समाचार – 

अदालतको आदेश मिच्दै डोजर चलाएको भन्दै बालाजुवासीले दिए अवहेलना निवेदन –      

https://nonstopkhabar.com/?p=59462&fbclid=IwAR3uDtvurrOS8T1aZ-8tlmXfLeDUqIn0tAdydOO31p0nBwTUGhpUBTYkHNU

 

 

 

Loading...