सुन तोलामा एकै दिनमा ३ हजार ४ सयले घट्यो

सुनको भाऊ घट्नुमा अन्तर्राष्ट्रिय बजारमा कोरोनाविरुद्धको खोपको सफल परीक्षण हुनु

 

काठमाडौँ। नेपाली बजारमा मंगलबार सुन प्रतोतोला ३४सयमा सस्तीएको छ ।  सोमबार प्रतितोला ९८, १९९ मा कारोबार भएको सुन सस्तीएर ९४, ८०० कायेम भएको सुनचादी ब्यबसायी महासंघले जनाएको छ। 

 अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्दा सो अनुशर त्यसको प्रभाव नेपाली बजारमा समेत परेको छ।

महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला रु तीन हजार ४०० ले घटेको छ । सोमबार प्रतितोला रु ९७ हजार ७०० मा कारोवार भएको तेजाबी सुन आज प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला रु ७० ले घटेर रु एक हजार २१५ मा कारोवार भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला रु एक हजार २८५ कारोवार भएको थियो । 

दैनिक जसो सुनको भाउमा ठुलो अन्तरभइ अस्थिर रहदा सुनबजारमा खासै चहल पहल नहुने गरेको ब्यबसायीले बताएका छन्। कार्तिक पछि केहि बिबहाको लगन भएकै कारण केहि केहि बजार भएता पनि खासै उसाहजनक नभएको ब्यबसायीको भनाइ रहेको छ।

  सुनको भाऊ घट्नु कोरोनाविरुद्धको खोपको सफल परीक्षण हुनु प्रमुख कारण-

सुनको भाऊ ठुलो रमान्तरमा यसरी घट्नुलाइ अन्तर्राष्ट्रिय बजारमा कोरोनाविरुद्धको खोपको सफल परीक्षण हुनुलाई प्रमुख कारणको रुपमा आकलन गरिएको छ । अमेरिकी–जर्मन स्वास्थ्य विज्ञले निर्माण गरेको खोप ९० प्रतिशत प्रभावकारी देखिएको खबर बाहिरिए सँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा एकाएक अप्रत्यासित गिरावट देखिएको हो । जसको सिधा प्रभाव मंगवार प्रभाव नेपाली बजारमा परेको हो ।

नेपाले अन्तर्राष्ट्रिय बजारको मूल्य र नेपालले सुन आयातमा लगाउँदै आएको भन्सार महसुललाई जोडेर नेपाली बजारको मूल्य निर्धारण हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा यस्तो खबर फैलिएसँगै सोमबार अन्तराष्ट्रिय बजारमा १ हजार ९ सय ६३ डलर प्रतिऔंसमा खुलेको बजार १ हजार ८ सय ६२ डलर प्रतिऔसमा झरेर बन्द भएको थियो । मंगलबार भने यो मूल्यमा सामान्य वृद्धि भएर कारोबार भइरहेको छ ।

 

Loading...