च्याम्पियन्स लिगमा रियल म्याड्रिडको पहिलो जीत

एजेन्सी । रोड्रिगोको निर्णायक गोलमा इन्टर मिलानलाई पराजित गर्दै रियल म्याड्रिडले च्याम्पियन्स लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा रियल ३–२ गोलअन्तरले विजयी बनेको हो ।

खेलमा करिम बेन्जेमाको गोलको मद्दतले रियलले अग्रता लिएको थियो । कप्तान सर्जियो रामोशले खेलको ३३ औँ मिनेटमा क्लबका लागि १ सयौँ गोल गर्दै अग्रता दोब्बर बनाए ।तर, लगत्तै लाउटारो मार्टिनेजले इन्टरका लागि गोल फर्काए ।

दोस्रो हाफमा इभान पेरिसिचले गोल गर्दै खेल बराबरीमा ल्याए । तर, रोड्रिगोले खेलको ८० औँ मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गर्दै रियलका लागि लागि नायक साबित बने ।

जीतसँगै समूहको दोस्रो स्थानमा रहेको शाख्तार डोनेस्क र रियलको समान ४–४ अंक रहेको छ । शीर्ष स्थानमा रहेको बोरुसिया मोचेनग्लाडबाचभन्दा रियल एक अंकले पछि रहेको छ । २ अंकसहित इन्टर समूहको पुछारमा छ ।

मंगलबार राति नै भएको ग्लाडबाचले शाख्तारलाई ६–० को विशाल अन्तरले पराजित गर्यो । खेलमा अलासाने प्लीआले ह्याट्रिक गरेका थिए ।

Loading...