मालपोत कार्यालय हुम्लामा तीस लाख राजस्व संकलन

हुम्ला । हुम्ला-मालपोत कार्यालय हुम्लाले आ.व. २०७६/०७७मा तीस लाखभन्दा धेरै राजस्व संकलन गर्न सफल भएको छ । यो कार्यालय हुम्लामा रावस्व संकलन गर्ने कार्यालयहरूमा एक प्रमुख कार्यालय पनि हो ।

कोभिड १९ का कारण वैशाख महिना कार्यालय नै बन्द हुँदा यो कार्यालयले कुनै पनि प्रकारको राजस्व संकलन गर्न सकेन भने अरु ११ महिनामा विभिन्न प्रकारका राजस्वहरू सकलन गर्न सफल भएको छ ।

यो कार्यालयले आ.व.२०७६/०७७को असोज महिनामा ६७ हजार ६९० वर्षभरी कै सबभन्दा कम राजस्व संकलन गरेको छ भने असार महिनामा वर्षभरीकै सबभन्दा धेरै ४ लाख ८ हजार २० रुपैयाँ राजस्व संकलन गर्न सफल भएको मालपोत कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख रबिन्द्र शाहीले जानकारी दिएका छन् ।

यो कार्यालयले आ.व.२०७६/०७७मा रजिष्ट्ेसन, फा.पू.बिक्री, रोक्का दस्तुर, पूँजीगत लाभकर र विविध गरी पाँच शिर्षकमा राजस्व संकलन गरिएको छ । आ.व.२०७६/०७७मा यो कार्यालयले तीस लाख ५ हजार ९८७ रकम संकलन गरेको छ । यो रकममध्ये केही स्थानीय तह र केही प्रदेशमा पनि पठाइ सकिएको छ ।

Loading...