बिहीबार नेपालमा थपिए १२४६ जना कोरोना संक्रमित, उपत्यकामा ६१८

काठमाडौं । नेपालमा बिहीबार १२४६ जनामा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । देशभरका प्रयोगशालामा १०६४१ नमुना परीक्षण गर्दा १२४६ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर फैलिएकाे काेराेना हेर्दा राजधानी उपत्यकामा संक्रमण दर निकै उच्च देखिएकाे छ । बिहीबार काठमाडौं उपत्यकामा ६१८ जना संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंका ५०७, ललितपुरका ६० र भक्तपुरका ५० जनामा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चितवनका १०१ जना, मोरङका ९४, मकवानपुरका ६३, सुनसरीका ५४, अछामका २२, प्युठान, बाँके र कैलालीका २१/२१ जना, पर्साका १९, डोटीका १७, धनुषा, कास्की, नवलपरासी १६/१६ जना, नवलपुरका १५, बर्दियाका १३, झापा, सर्लाही र सिराहाका ११/११ जना तथा बारा र दैलेखका १०/१० नयाँ संक्रमित थपिएकाे जनाएकाे छ ।

सप्तरीका ९ जना, कञ्चनपुरका ८, रौतहटका ७, महोत्तरी, सिन्धुपाल्चोक र बाग्लुङका ४/४ जना, दोलखा, गोरखा र रुपन्देहीका ३/३ जना, काभ्रे, धादिङ र तनहुँका २/२ जना तथा उदयपुर, खोटाङ, धनकुटा, नुवाकोट, रामेछाप, लमजुङ, स्याङ्जा, कपिलवस्तु, गुल्मी, दाङ, पाल्पा, जाजरकोट, सुर्खेत, बझाङ र बैतडीका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका साथै मोरङ, सुनसरी, सिराहा, मकवानपुर, चितवन र रुपन्देहीमा संक्रय संक्रमितको संख्या ५०० बढी छ । सोखलुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा संक्रिय संक्रमित शून्य छन् ।

यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । उनीहरुमध्ये ३८३ जनाको मृत्यु भएको छ भने ४२ हजार ९४९ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२४३ जना डिस्चार्ज भएका छन् । १६ हजार २४१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १८२ जनाको आईसीयू र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Loading...