पन्ध्र लाख घुससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुस रकम सहित रंगेहात समातिएका छन् । यसरी समातिने प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रवार साँझ नागढुंगामा पक्राउ गरेको हो । उनी घुसरकम सहित काठमाडौं हिडेको सूचनाको आधारमा पिछा गरेको अख्तियार टोलीले उनलाइ पक्राउ गरेको बताइएको छ ।बा२झ ४०९९ नम्बरकाे सरकारी गाडी चढेर आएका उनलाइ नागढुंगामा राेकी तलासी गर्दा श्राेत नखुलेकाे करीब पन्ध्र लाख फेला परेकाे छ ।

उपाध्यायको साथबाट १ लाख २४ हजार नगद र अरु बैंकमा रकम जम्मा गरेको भौचर बरामद भएको जानकारी प्राप्त भएको छ । नगद र  बैंक भाैचर गरी करिब १४ लाख ४८ हजार ७ सय ९७ रुपैया श्रोत नखुलेको रकम भेटिएको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । उनलाइ नियन्त्रणमा राखी थप अनुसन्धान भैरहेकाे अधिकारीकाे भनाइ छ ।

Loading...