काठमाडौंको मध्यभागमा फेरि समातियो १५ किलो अवैध सुन

काठमाडौं, १३ साउन । राजधानी काठमाडौंमै फेरि ठूलो मात्रामा सुन बरामद भएको छ । प्रहरीले अवैध रुपमा भित्र्याइएको १५ किलो सुन काठमाडौंको कमलादीबाट बरामद गरेको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उक्त सुन बरामद गरेको हो । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । राजधानीमा पटक पटक ठूलो परिमाणमा अवैत्र सुन भित्र्याइने र बरामद हुने गरेका छन् । यसअघि त्रिभुवन अन्तराष्टिय विमानस्थलबाटै ३३ किलो सुन बरामद भएको घटनाले निकै चर्चा पाएको थियो । प्रहरीले कमलादीमा भेटिएको सुनबारे केही समयपछि विस्तृत जानकारी दिने जनाएको छ ।

Loading...