भारतका कारण तराई क्षेत्र डुवानमा : गृहमन्त्री बादल

गृहमन्त्री रामबहादुर थापा बादलले प्रत्येक वर्षामा तराइ क्षेत्र डुबानमा पर्नुमा भारतको हात रहेको बताएका छन् । भारतीय हस्तक्षेपका कारण तराई क्षेत्र डुवानमा परेको उनले बताएका हुन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले सीमामा भारतीय पक्षले बनाएका सडकका कारण पानीको निकाश नभएको र नेपालको तराइमा डुबानको समस्या सामाधान हुन् नसकेको बताए । बाँधको रुपमा भारतले सीमामा सडक बनाएको उनको भनाइ छ ।

यसको समाधानको लागि भारतीय प्रधानमन्त्री नेपालमा आउँदा सम्झौताहरु भए पनि त्यो कार्यान्वयन नभएको उनले उल्टै गुनासो गरे । गृहमन्त्रीको भनाइपछि राज्य व्यवस्था तथा सुशासन समितिले भारतले सीमामा बनाएको सडक र बाँध हटाउन तत्काल पहल गर्न सरकारलाई निर्देशन समेत दिएको छ ।

Loading...