यसवर्ष समयमै मनसुन सुरु हुने अनुमान, फेरि अर्को चक्रबातको सम्भावना

काठमाडौं । यसवर्ष नेपालमा समयमै मनुसन सुरु हुने माैसमविदहरुले अनुमान गरेका छन् । अहिले दक्षिण-पूर्वी अरब सागरमा रहेको न्युन चापीय प्रणाली उत्तर तर्फ सर्दै गरेको र त्यसको प्रभावले नेपालमा जेठ २२ गतेदेखि २४ गतेसम्म वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुनेसक्ने बताइएकाे छ ।

यसअघि बंगालको खाडीमा विकसित अम्पुन चक्रवातको कारण नेपालमा मनसुन कम्तिमा एक हप्ता ढिलो आउने पूर्वानुमान मौसमविदले गरेका थिए । तर अरब सागरमा विकसित नयाँ प्रणालीका कारण भने त्यो पूर्वानुमान फेरिएको छ ।

सामान्यतया नेपालमा १० जुनमा पूर्वी भेगबाट मनसुन प्रवेश गर्दछ र २३ सेप्टेम्बरमा पश्चिम भेगबाट बाहिरिन्छ । यसअघि यस वर्ष नेपालमा कम्तिमा एक हप्ता ढिलो मनसुन भित्रिने अनुमान मौसमविदले गरेका थिए । यस वर्षको मनसुनमा नेपालभर सरदर नै पानी पर्ने मौसमविदको पूर्वानुमान छ ।

हाल उक्त चक्रवात मुम्बईभन्दा करिब ७ सय किलोमिटर टाढा रहेको बताइएको छ । ३ जुनमा तटीय क्षेत्रमा पुग्दा यसको वेग १०५ किलोमिटर प्रतिघण्टा हुनसक्ने अनुमान छ ।
महाराष्ट्र सरकारले दुई-तीन दिनसम्म तटीय क्षेत्रमा नजान र समुद्रमा प्रवेश नगर्न सूचित गरेको छ । साथै आपतकालीन स्थिति आउन सक्ने भन्दै सुरक्षा सतर्कता पनि अपनाइएको छ ।

Loading...