वार्षिक नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट बहुमतले पारित

काठमाडौँ । विपक्षी दलको विरोधका बिच आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।प्रतिनिधिसभाको तथा राष्ट्रिय बैठकमा सत्तारुढ दलको समर्थनमा नीति कार्यक्रम पारित भएको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी लगायतले नीति कार्यक्रमको विपक्षमा मतदान गरे । 

नीति कार्यक्रम पारितअघि प्राप्त पाँचवटा संशोधन प्रस्ताव बहुमतबाट अस्वीकृत भएका थिए । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल संशोधन फिर्ता नभएपछि बहुमतले अस्वीकृत भएको थियो । यस्तै, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले पनि प्रस्ताव फिर्ता नलिएपछि बुहमतबाट अस्वीकृत भएको थियो । कांग्रेसका तर्फबाट रिजालले संशोधन दर्ता गरेका थिए ।

यस्तै, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले नीति तथा संशोधनमा राखेका संशोधन प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको छ । यस्तै, राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णको संशोधन प्रस्ताव पनि अस्वीकृत भएको थियो । समाजवादी पार्टीकी सांसद सरिता गिरीको प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको थियो । संशोधनकर्ता गिरी बैठक अनुपस्थित थिइन् । । गिरी अनुपस्थित भए पनि प्रक्रियामा लगिएको हो ।

यस्तै, बैठकले केही नेपाल ऐनका साविकका व्यवस्था जगाउने अध्यादेश सर्वसम्मत स्वीकृत गरेको छ । यसअघि सरकारले जारी गरेका दुई अध्यादेश खारेज भए पनि साविकको व्यवस्था जगाइएको थिएन । उक्त व्यवस्था जगाउन सरकारले नयाँ अध्यादेश वैशाख १२ गतेको मितिमा जारी गरेको थियो ।

Loading...