पेप्सिकेलाकाे सनसिटीका एक व्यक्तिमा फेरि देखियाे काेराेना

काठमाडौं, २३ वैशाख । काेराेना लागेर अस्पताल भर्ना भइ घर फर्केका एक जनामा फेरि काेराेना देखा परेकाे छ । काठमाडाैंकाे पेप्सीकाेलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एक व्यक्तिमा फेरि काेराेना भाइरस देखा परेकाे हाे ।

केही दिन अघि मात्र ती व्यक्तिमा काेराेना भेटिएपछि अस्पताल भर्ना गरिएकाे थियाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेप्सिकोलाकाे सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा पुन: कोरोना संक्रमणको पुष्टि भएको जनाएकाे छ ।

गत चैत ५ गते बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए ।

तर एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५२ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको स्रोतले बताएको छ । उनकेा पाटन अस्पतालमै उपचार भइरहेको छ ।

यससँगै निको भएर पुनः संक्रमित हुनेको संख्या तीन पुगेको छ । मंगलबार नै रौतहट र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा पनि पुनः संक्रमण भएको पुष्टि भएको थियो ।

Loading...