आर्थिक गतिविधि क्रियाशिल बनाउन लकडाउन खुकुलो हुने

बैशाख १३ , काठमाडौँ ।  लकडाउन अवधी सकीन केहि दिन बाकि रहदा उपत्यका बासीमा अबका दिनमा कस्तो होला भन्ने कौतुहलता छाएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले उप्त्यका भित्र कोरोना संक्रमण जोखम धेरै हदसम्म नियेंत्रित रहेको तर्फ़ इंगित गर्दै लकडाउन बिस्तारै खुकुलो हुने संकेत गरेका छन् । 

शुक्रबार पत्रकार संगको कुरा कानिमा आर्थिक गतिविधि क्रियाशिल कायम राख्न लकडाउन सुरक्षा सावधानी तरिका अपनाएर लकडाउनलाइ केहि खुकुलो बनाउने बारे छलफल भैरहेको बताउनु भयो । आर्थिक गतिविधिको केन्द्र काठमाडौँमा मजदुर बिना उपत्यका नचल्ने भएका कारण सामान्य आर्थिक गतिविधि खुकुलो बनाइनु पर्ने अन्यथा भोलिका दिनमा सबै ध्वत हुने बताउदै अगाडी भन्नु भयो –  ‘ अहिलेको यो अवस्थामा सामान्य जीवनमा आवश्यक पर्ने अावश्यकतालाइ मध्ये नजर गर्नु पर्ने देखिन्छ । बहिरिनेको भन्दा भित्रिने मुख्य समस्या हो , विश्व ब्यापी यो महामारीको अवस्थामा हामीले भनेका छौ जो जहा रहनु भएको छ , उ त्यही सुरक्षित बस्नु होला । उप्त्यकामा रहेका सबै नगरपालिकाले मजदुर , आम सव्सध्रण जो कसैलाई खानामा समस्या परेको खण्डमा उचित प्रवन्ध मिलाई दिन मेयर फोरमले निर्णय गरेको छ । समस्यामा परेका कालागि स्थानि वडा कार्यालयमा सम्पर्क राख्न म अनुरोध गर्द छु । ’

नगरपालिकाले बाडेको राहत के भैरहेको छ ? –  भन्ने प्रशनमा उहाले हालसम्म काठमाडौँ महानगारमा ६४ हजारले राहत पाइसकेको बताउनु भयो । तर कसै कसै ले राहत को नाउमा चन्दा संकलन गरेको गुनासो रहेको मा जो कसैले राहत सहायो दिने इच्या रहे महानगर वा वडा संग सहकार्य गर्न अनुरोध गर्नुभयो । उहाले मगादुर बिपन्न व समस्यामा परेकालाई विभिन्न संघ सस्था संग मिलेर दैनिक खान खुवाउने गरेको र सम्बन्धित वडाले खाध्य सामग्री उपलव्ध गराउदै आएको जानकारी दिनु भयो ।  

Loading...