सी जीनपीङले आफ्ना निकटका व्यक्ति छाने सात सारथीमा

चीन र विश्वकै लागि अावश्यक जिम्मेवारी वहनसहित मेहनत गर्न सीकाे अपील

काठमाडाै‌, ८ कार्तिक । माअाेत्सेतुङ पछिका सबैभन्दा शक्तिशाली नेताका रुपमा उभ्याइएका सी जीनपीङलार्इ दाेस्राे कार्यकालका लागि पार्टी महासचिवमा चयन गरेसँगै चिनियाँ कम्युनिस्ट पार्टीकाे १९ अाै महाधिवेशनले सात सदस्यीय स्थायी समिति पनि चयन गरेकाे छ । पाँच वर्षका लागि चयन भएकाे स्थायी समितिमा पाँच नयाँ अनुहार रहेका छन् ।

चिकपाकाे १९ अाैं महाधिवेशनले सात सदस्यीय स्थायी समितिसँगै ३ सय ७६ सदस्यीय केन्द्रीय समिति चयन गरेकाे छ । जसमा २०४ जना पूर्ण केन्द्रीय सदस्य र १ सय ७२ जना वैकल्पिक केन्द्रीय सदस्य रहेका छन् । त्यस्तै महाधिवेशनले २५ सदस्यीय पाेलिटब्यूराे कमिटी पनि चयन गरेकाे छ ।

महाधिवेशनले सात सदस्यीय स्थायी समितिमा सी जिनपिङ, ली खछ्याङ, ली झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी र हान झेङलार्इ चयन गरेकाे छ । ली खछ्याङ हालका प्रधानमन्त्री हुन् । उनी वाहेक बाँकी पाँच जना स्थायी समितिमा यसपटक पुगेका हुन् । स्थायी समितिमा वाङ याङ सबैभन्दा कान्छा सदस्य रहेका छन् । अब कार्यकारी उपप्रधानमन्त्री हुने चर्चामा रहेका उनी केही महिना अघि मात्र राष्ट्रपति सीकाे विशेष प्रतिनिधिका रुपमा नेपालकाे भ्रमण गरेका थिए । स्राेतका अनुसार स्थायी समितिमा अाएका नयाँ पाँच जना राष्ट्रपति सीका अत्यन्तै निकट रहेका व्यक्ति हुन् । चीनको राष्ट्रपति, प्रधानमन्त्री, नेशनल कंग्रेसको अध्यक्ष, राष्ट्रिय सल्लाहकार परिषद् सीपीपीसीसीको अध्यक्ष र भ्रष्टाचार नियन्त्रण आयोगका अध्यक्ष यिनै सात जनामध्ये हुने परम्परा छ । 

साथै महाधिवेसनले पार्टीको घोषणापत्रमै ‘सी जिनपिङ विचारधारा’ राख्ने निर्णय गरेको छ। यही विचारधारा र सी जिनपिङको नेतृत्वलाई साथ दिनेगरी नयाँ नेतृत्व चयन गरिएको बताइएकाे छ। बेइजिङको ग्रेट हलमा गत बुधबार सुरु भएको अधिवेशन मंगलबार सम्पन्न भएको छ । साेही हलमा बुधवार बिहान पत्रकार सम्मेलनकाे आयोजना गरी महाधिवेशनका निर्णयहरु सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलन राष्ट्रपति सीले आफ्नो नयाँ टिम र निर्णय सार्वजनिक गरेका थिए ।

पत्रकार सम्मेलनमा नयाँ स्थायी समितिका सबै सदस्यका साथ उपस्थित भएका सीले भने, ‘म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा पुनः निर्वाचित भएँ। यो मेरो कामप्रति समर्थन मात्रै नभएर मेरो लागि प्रेरणा पनि हो ।’ चिनियाँ तथा विदेशी पत्रकारहरूले खचाखच भरिएकाे हलमा बाेल्दै सीले थपेे, ‘नवनिर्वाचित केन्द्रिय नेतृत्वको तर्फबाट सम्पूर्ण पार्टी सदस्यहरूलाई विश्वास गरेकोमा धन्यवाद प्रकट गर्छु। हामी लक्ष्यप्राप्तिका लागि लगनशील भएर काम गर्नेछौं र लक्ष्य पूरा गरेर विश्वासलाई सार्थक तुल्याउनेछौं।’

तेह्रौँ पञ्च वर्षीय योजनामा समेटेका हरेक कार्यभारलाई चीनले निरन्तर व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गर्दै सीले आगामी नयाँ विकास योजनाका साथ चौतर्फी विकासलाई प्रवर्द्धन गर्ने दावी गरे । उनले राज्य र पार्टी सञ्चालन क्षमताको आधुनिकीकरणलाई अघि बढाउँदै जाने अाफ्नाे याेजना रहेकाे जानकारी दिए । साथै उनले अाफ्ना सहकर्मी र चिनियाँ जनतालार्इ आवश्यक जिम्मेवारी वहन गर्न र मेहनतका साथ काम गर्न अपील समेत गरे । उनले चीन र विश्वका लागि अाफूहरुले मेहनत गर्ने बताए । लामो प्रयास गरेर चिनियाँ विशेषतायुक्त समाजवादले नयाँ युगमा प्रवेश गरेको उनले बताए।

स्थायी समितिमा चयन हुने सर्वाधिक अनुमान गरिएका र सी जिनपिङको उत्तराधिकारीका रुपमा हेरिएका ग्वाण्डोङ प्रान्तका पार्टी सचिव तथा पोलिटब्यूरो सदस्य हु चुनहुवा सीका नयाँ पाँच सारथीमा पर्न नसकेकाे बताइएकाे छ ।

 

मंगलबार अधिवेशन समापन भएपछि चिनियाँ कम्युनिष्ट पार्टीको १९औं केन्द्रिय समितिको पहिलो पूर्ण बैठक बसेको थियो। सो बैठकले सीलाई पुनः केन्द्रिय समितिको महासचिवमा नियुक्त गरेेकाे थियाे । यसैगरी बैठकले अनुशासन अनुगमन केन्द्रिय आयोगका महासचिवमा चाओ ल चीलाई निर्वाचित गरेको छ। बैठकले केन्द्रिय सैन्य आयोगका पदाधिकारी चयन गरेको छ। सैन्य आयोगका अध्यक्षमा सी चिन फिङ नियुक्त भएका छन् भने उपाध्यक्षमा स्वी छिलियाङ र चाङ यौस्या छनोट भएका छन्। त्यस्तै सदस्यहरूमा वेइ फङ ह, ली चुओछङ, मियाओ ह्वा, चाङ शङमिन निर्वाचित भएका छन्। यसअघि केन्द्रिय सदस्यहरू छनोट भएका थिए। त्यस्तै १३३ जना केन्द्रीय अनुशासन अनुगमन आयोगमा निर्वाचित भएका छन्।

 

Loading...