एक साताका लागि भारत र चीन दुवैतिर आवागमन ठप्प पार्ने सरकारी निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले भारत र चीनसँगको सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान १० बजेदेखि नाकामा आवागमन बन्द गरिने एक मन्त्रीले नेपालखबरलाई बताए।

भारतमा कोरोना भाइरस संक्रमण विस्तार हुँदै जाँदा सरकाले यस्तो निर्णय गरेको हो। कोरोना महामारी रोकथामका लागि ५० करोड रुपैयाँको कोष पनि स्थापना गर्ने निर्णय गरेको छ। कोषमा सबै मन्त्रीले एक महिनाको तलब सहयोग गर्ने निर्णय गरेका छन्। साथै इच्छुक सबैले काेषमा सहयोग गर्न पनि सरकारले आह्वान गर्ने निर्णय गरेको छ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सेवा नियमित सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

Loading...