कोरोनाका कारण नेपाल एयरलाइन्सले गर्यो दोहाको नियमित उडान स्थगित

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले कतारको दोहामा गर्दै आएको नियमित उडान स्थगित गरेको छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई कम गर्न भन्दै कतारले नेपालसहित १४ देशका नागरिकको प्रवेशमाथि अस्थायी प्रतिवन्ध लगाएपछि निगमले दोहा उडान स्थगित गरेको हो ।

नेपाल एयरलाइन्सले हालसम्म दैनिक रुपमा दोहा उडान भर्दै आएको थियो । हालका लागि भने आज (मंगलबार)देखि अर्को व्यवस्था नभएसम्मका लागि उडान स्थगित गर्ने निर्णय गरिएको निगमले जानकारी दिएको छ ।

निगमले २६ फागुन २०७६ र त्यसभन्दा पछिका उडानका लागि टिकट काटेका यात्रुको पूरै रकम फिर्ता गर्ने भएको छ ।

यसअघि दोहामा उडान भर्दै आएको अर्को नेपाली कम्पनी हिमालय एयरलाइन्सले पनि आफ्नो उडान स्थगित गरेको थियो ।

Loading...