रबिन्द्र नायक बन्दा एमएसले जित्यो उपाधि

सुर्खेत २६, कार्तिक । सुर्खेतका जारी मैत्रीपूर्ण क्रिकेटको उपाधि एम.एस. क्रिकेट एकेडेमी सुर्खेतले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगिताको दोस्रो एवं अन्तिम खेलमा पनि आयोजक एम.एस. एकेडेमी ५१ रनले विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको एम.एस. ले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९६ रनको विशाल लक्ष्य बनायो ।

जसमा यू–१९ का राष्ट्रिय खेलाडी समेत रहेका रबिन्द्रजंग शाहीले नायकत्वको भूमिका निभाए । जुन क्रममा ४३ बलमा बिस्फोटक ब्याटिङ्ग गर्दै ८९ रन प्रहार गरे । अर्का ब्याट्सम्यान भविन सारु मगरले ३८ बलमा अर्धसतकीय पारी खेल्दै ५० रन पुरा गरे भने मोहन जि.सी.ले १५ रन थपे ।

बलिङ गर्ने क्रममा महाभद्रकाली क्रिकेट क्लव दाङका बलर जम्बो मगर र राजेन्द्र शाहीले समान १÷१ विकेट लिए भने अन्य बलरले सफलता हात पार्न सकेनन् ।

यस्तै लक्ष्य पछ्याउने क्रममा महाभद्रकाली क्रिकेट क्लव १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १४४ रन मात्र जोड्यो । महाभद्रकालीका ब्याट्सम्यान रिक्की शाहीले विस्फोटक इनिङ खेले पनि लक्ष्यमा पु¥याउन सकेनन् । उनले १३ बलमा सर्वाधिक ४१ रन प्रहार गरे भने दिवान पुन मगरले २७ रन मात्र जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोडेनन् ।

सस्तैमा समेट्ने क्रममा एम.एस.का लोकेश जंग हमाल, जनक भण्डारी, प्रज्वल सिंजाली, मोहन जि.सी. र भरत बुढा सबै बलरले समान २÷२ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच रबिन्द्र जंग शाही भएका हुन् ।

यस्तै सोमबार भएको एकदिवसीय खेलमा पनि एम.एस. क्रिकेट एकेडेमीले महाभद्रकाली क्रिकेट क्लव दाङलाई २ विकेटले हराएको थियो । उक्त खेलमा पनि एम.एस.का ब्याट्सम्यान रबिन्द्र जंग शाहीले ४० बलमा सर्वाधिक ७७ रन प्रहार गरेका थिए ।

एम.एस. क्रिकेट एकेडेमीको आयोजनामा मैत्रीपूर्ण प्रतियोगिता सोमबार र मंगलबार दुई दिनसम्म सञ्चालन भएको एकेडेमीका सञ्चालक मोहन शाहीले बताए । उनले सुर्खेतमा क्रिकेटको माहोल बढाउन एवं क्रिकेटमा निखारता ल्याउन आगामी दिनमा पनि यस्ता प्रतियोगिता सञ्चालन गर्ने जनाए ।

Loading...