ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ त प्रतितोला ?

काठमाडौँ, २२ कार्तिक । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ७ सयले घटेको हो । बिहिबार प्रति तोला ७० हजार ६ सय रुपैयाँमा निर्धारण गरिएको छापावाला सुनको मूल्य आज बिहिबार ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज तेजावी सुनको मूल्य पनि घटेको छ । सुनको मूल्य घटेसँगै प्रति तोला ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रति तोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Loading...