वीरगञ्जमा चलचित्र महोत्सव बिहीबारदेखि

काठमाडौँ, १८ कात्तिक । नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र उद्योग स्थापनाको ५३ औँ वर्ष पूरा भएको अवसरमा यही कात्तिक २१ देखि २३ गतेसम्म वीरगञ्जमा चलचित्र महोत्सव गर्ने भएको छ । तराई, पहाड हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णिम महोत्सव भन्ने नारा रहेको सो महोत्सवमा नेपाली भाषामा बनाइएका लोकप्रिय चलचित्रका साथै नेपालमै निर्माण गरिएका भोजपुरी भाषाका चलचित्र प्रदर्शन गरिनेछ ।

महोत्सवमा प्रदर्शन गर्नका लागि करीब छ वटा नेपाली भाषाका चलचित्रको छनोट कार्य भइरहेको सङ्घका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । वीरगञ्जको आदर्शनगरस्थित रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्ने उक्त महोत्सवमा चलचित्रसम्बन्धी कार्यशाला, अन्तक्र्रियाका साथै स्थानीय सांस्कृतिक पक्षलाई प्रवद्र्धन गर्न कार्यक्रम गरिनेछ ।

नेपाली भाषाका चलचित्रले तराईमा बर्चश्व कायम राख्न नसकेको अवस्थामा त्यहाँका दर्शकलाई चलचित्रभित्रका सांस्कृतिक पक्षबारे जानकारी गराउन महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकले जनाएका छन् ।

बलिउडका कलाकारको समेत सहभागिता रहने महोत्सवमा प्रदेश नं २ सरकार, भ्रमण वर्ष सन् २०२० वीरगञ्ज महानगरपालिका, नेपाल चलचित्र विकास बोर्ड, वीरगञ्ज उद्योग वाणिज्य सङ्घलगायत संस्थाको सहयोग रहेको छ ।

Loading...