अदालत उपस्थित भएकै दिन नेकपाका सांसद गुरुङलाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौंं, ३ कार्तिक । ज्यान मार्ने उद्योगको मुद्दा लगाइएका दोलखाका सांसद पार्वत गुरुङलाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

एक पुरानो मुद्दामा उनलाई पक्राउ पुर्जी जारी गरिएको थियो । केही दिन अघि नै उनका नाममा पक्राउ पुर्जी जारी गरिएको भए पनि उनी प्रहरीको फरार सूचीमा थिए । आज उनको मुद्दामा थुनछेक बहस हुने भएपछि उनी आफै काठमाडौं जिल्ला अदालत पुगेका थिए ।

आज भएको थुनछेक बहसमा अदालतले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको अदालतका शाखा अधिकृत ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

उनी विरुद्ध दोलखाका वीरध्वज खड्काले मुद्दा दिएका थिए । खड्काले सांसद गुरुङ सहित ७ जनाले आफूलाई हत्या गर्ने उद्देश्य सहित आक्रमण गरेको दावी गरेका थिए ।

गत स्थानीय निकायको चुनावका क्रममा काठमाडौंको गौशालामा खड्कामाथि सांघातिक आक्रमण भएको थियो ।

Loading...