इतिहासमै सबैभन्दा बढी संख्यामा सहसचिव र उपसचिवका लागि लोकसेवाले निकाल्यो विज्ञापन

काठमाडौं, २९ असोज । लोक सेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन प्रकाशित गरेको छ । आयोगले सहसचिव र उपसचिव गरी ६८८ जनाका लागि विज्ञापन प्रकाशित गरेको हो ।

निजामती सेवा र स्वास्थ्य सेवातर्फमा एघारौं र नवौं तहमा बुधबार विज्ञापन प्रकाशित गरेको आयोगले यसको सबै तालिका पनि सार्वजनिक गरेको छ । आयोगले निजामती सेवा तर्फ बढी संख्यामा विज्ञापन गरेको छ । जसअनुसार निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव पदमा विज्ञापन गरेको छ भने स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवका लागि विज्ञापन प्रकाशन गरेको छ ।

आयोगले सहसचिव र उपसचिव पदमा यति ठूलो संख्यामा एकैपटक विज्ञापन गरेको यो इतिहासमै पहिलोपटक हो । लोकसेवाले अप्राविधिकतर्फ प्रशासन सेवामा सबैभन्दा धेरै ३७ जना सहसचिव माग गरेको छ । प्राविधिकतर्फ इन्जिनियरिङ, सिभिल, हाइवेतर्फ ३ जना र विल्डिङ एण्ड आर्किटेक्टतर्फ २ जना सहसचिवको विज्ञापन खुलेको छ ।

प्राविधिकतर्फ नै हाइड्रोपावर, टेलिकम्युनिकेसन, केमेष्ट्री, मत्स्य, बाली संरक्षण, एगृ इन्जिनियरिङ, वन र शिक्षा प्रशासनतर्फ एक(एक जना सहसचिवको विज्ञापन खुलेको छ ।

यस्तै उपसचिव पदमा प्रशासनतर्फ ७० र राजश्वतर्फ ५ जनाको विज्ञापन खुलाइएको छ । यसैगरी इन्जिनियरिङ सर्भेमा ४ तथा स्यानिटरी, कृषि भेटेरिनरी र सूचना प्रविधि निर्देशक पदमा ३(३ जनाको विज्ञापन प्रकाशित भएको छ । प्राविधिकतर्फ नै जनरल मेकानिकलतर्फ २ तथा तथ्यांक, सिभिल हाइड्रोपावर, कृषि मत्स्य र फरेष्ट रिसर्च पदमा एक–एक जनाको विज्ञापन गरेको छ ।

हेर्नुहोस् यस्तो छ लोकसेवा आयोगले निकालेको विज्ञापन

Loading...