कुमारीको हातबाट राष्ट्रप्रमुखले टिका लाउनुको यस्तो छ घतलाग्दो इतिहास

 

काठमाडौ, २७ भदौ । सत्ययुगको कुरा हो । राजा त्रैलोक्य मल्ल र तलेजु भवानी पासा खेल्दै थिए । उनीहरु पासा खेल्दै राज्य सञ्चालनबारे छलफल पनि गर्दै थिए ।

कालो पर्दाले छेकेर अति गोप्य छलफल तथा वार्ता भइरहेको बेला राजाको मनमा पाप चित्त उत्पन्न भएछ । उक्त कुरा थाहा पाएकी देवी तलेजु भवानीले अबदेखि नेवार जाति भित्र शाक्य जाति कन्याको शरीरमा मात्र आफु प्रकट हुने र उनीसँग मात्र सरसल्लाह लिनु भनि उपदेश दिँदै अलप भइछन् । त्यसै बेलादेखि जीवित देवी कुमारीसँग राष्ट्र प्रमुखले इन्द्रजात्राका बेला टिका लगाउने परम्परा चलेको किंबदन्ती छ । यदि राष्ट्र प्रमुख कुमारीघर नपुगी अपमान गरे राज्य स्थिर नरहने विस्वास पनि गरिन्छ ।

काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्ललाई कुमारीले अब तिम्रो राज्य गर्ने शक्ति सकियो, राज्यसत्ता बचाई राख्न कुमारी रथारोहण गराउनु भन्ने उपदेश दिए मुताबिक नेपाल संवत ८७६ देखि रथारोहन जात्रा थालिएको मानिन्छ ।
नेपाल संवत ८८८ मा गोर्खाका राजा पृथ्वीनारायण शाहले यसै दिन सांघातिक हमला गरी नेपाल मण्डललाई आपनो अधिनमा लिएका थिए ।

नेपाल जात्रा संस्कृति बाट

Loading...