‘जिग्री’ र ‘पाँडे’को नयाँ टेलिश्रृङ्खला असोजदेखि

काठमाडौं २४ भदौ । चर्चित हास्यश्रृखला ‘भद्रगोल’का कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टीमले नयाँ टेलिश्रृखला ल्याउँने भएका छन् । ‘भद्रगोल’बाट बाहिरिएका उनीहरुले निर्माण गरेको नयाँ श्रृखला आउँदो असोज २ गतेदेखि हरेक बिहीबार राती ८ः५० मा नेपाल टेलिभिजनबाटै प्रसारण हुने बताएका छन् ।

टीमले एक साझा स्टिकर डिजाइन सामाजिक संजालबाट सार्वजनिक गर्दै नयाँ टेलिश्रृखलाको बारेमा जानकारी दिएका हुन् । उनीहरुले श्रृखलाको नाम भने अहिले गोप्य राखिएको बताएका छन् ।

जेपिटी क्रियसन मार्फत निर्माण हुने श्रृङ्खलाको लेखन निर्देशन जिग्री र पाँडेकै रहनेछ । श्रृखलाको नाम केही दिनमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने योजना उनीहरुको रहेको छ । श्रृङ्खलाको अवको यात्रामा शंकर आचार्य ‘बरिष्ठे र सिपी पुडासैनी ‘धतुरे’ पनि देखिने भएका छन् ।

Loading...