बल्ल जापान पुग्यो नेपाली ध्वजावाहक विमान

काठमाडौं, १२ भदौ । नेपाल वायुसेवा निगमले जापानको ओसाकाका लागि शुरु गरेको सिधा उडानको सफल अवतरण भएको छ ।

नेपाल वायुसेवा निगमल १२ वर्षपछि आज पहिलोपटक जापानका लागि सिधा उडान गरेको हो । निगमको वाइडबडी विमान आज बिहान २ बजेर ४२ मिनेटमा जापानको ओसाकाको लागि उडेको थियो । काठमाडौंबाट १ सय ३४ जना यात्रुसहित उडेको जहाज जापानको ओशाकास्थित कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको हो ।

निगमका अनुसार ८५ जनाले टिकट काटेका थिए भने ४९ जनाको सरकारी–निजी क्षेत्रका प्रतिनिधीको टोली पहिलो उडानमा सहभागी भए । बुधबार राति पर्यटनमन्त्री योगेश भट्टराईले टोलीलाई विदाई गरेका थिए । नेपाली टोलीको नेतृत्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले गरेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, ६ जना सांसद र निगमका १० जना कर्मचारीसहित एक सय ३२ यात्रु जापान गएका हुन् । काठमाडौंबाट उडेको जहाज ६ घन्टा २० मिनेटमा ओसाका पुगेको थियो । जापान पुगेको २ घण्टापछि नै जहाज फेरि नेपालको लागि उड्नेछ । निगमले एकतर्फी टिकटको मूल्य ३६ हजार ९ सय ९९ र दुईतर्फी टिकटको मूल्य ७२ हजार ८ सय १४ रुपैँया तोकेको छ ।

Loading...