भारतमाथि चीनकाे गम्भीर अाराेप: ट्रम्पले माेदीलार्इ खेलाैना बनाइ चीनविरुद्ध प्रयाेग गर्न थाले

काठमाडाैं,१३ असार । भारतमा राष्ट्रपतिकाे निर्वाचनकाे तयारी भइरहँदा अमेरिका पुगेका नरेन्द्र माेदीकाे भ्रमणलार्इ चीनले कडा प्रतिक्रिया जनाएकाे छ ।

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पसँग कुराकानी गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलार्इ अमेरिकाले केबल खेलाैनाका रुपमा मात्र प्रयाेग गर्न खाेजेकाे चीनकाे प्रतिक्रिया अाएकाे छ । चीन सरकारले प्रकाशन गरिरहेकाे अखबार ग्लाेबल टाइम्सले अमेरिकाले भारतलार्इ चीनका विरुद्ध एक टूलका रुपमा प्रयाेग गरिरहेकाे बताएकाे छ । पत्रिकामा समाचार टिप्पणी लेख्दै साे पत्रिकाले अमेरिकाले भारतलार्इ चीनकै कारण अली बढी सम्बन्ध बनाउन खाेजेकाे तर खासमा त्याे भारतकाे कल्पना मात्र भएकाे उल्लेख गरेकाे छ ।

भारती संयुक्त राष्ट्रसंघकाे सुरक्षा परिषदकाे स्थायी सदस्य बन्नका लागि प्रयास गरिररहेकाे छ । त्यसका लागि भारतले लामाे समयदेखि अमेरिकासँग सम्बन्ध नजिक बनाउने प्रयास गर्दै अाएकाे छ । तर, चीनले भने अमेरिकाले चाहेर मात्र भारतले सुरक्षा परिषदकाे सदस्य नपाउने प्रतिक्रिया जनाएकाे छ ।

चिनियाँ सरकारी अखबर ग्लाेबल टाइम्सले भनेकाे छ कि यसअघि पनि बाराक अाेबामाले भारतलार्इ त्याे अाश्वासन दिएका थिए तर त्याे ब्यवहारिक भएन । अहिले पनि ट्रम्पलार्इ भनेर भारत त्यसमा सफल नहुने साे अखबारले भनेकाे छ । चीनकाे सरकारी पत्रिकाले नै यस्ताे विश्लेषण गरेपछि यसलार्इ गम्भीर रुपमा लिइएकाे छ ।

ट्रम्प र माेदीबीचकाे भेटपछि अमेरिकाले जारी गरेकाे एक नाेटमा भारत अमेरिकाकाे एक सच्चा साथी रहेकाे उल्लेख गरिएकाे तर त्याे केवल भारतलार्इ चिनका बिरुद्ध प्रयाेग गर्नका लागि मात्र भनिएकाे साे अखबारले दावी गरेकाे छ । ग्लाेबल टाइम्समा लेखिएकाे छ ‘माेदीकाे भ्रमणपछि अमेरिकाले तयार गरेकाे प्रेस नाेटमा लेखिएकाे साे कुरालार्इ लिएर गर्व महशुस गरेकाे हुनुपर्छ तर याे अमेरिकाकाे एउटा कुटनीतिक ट्रयाप मात्र हाे । जसमा भारतलार्इ प्रयाेग गर्ने मात्र नियत लुकेकाे छ ।’

ग्लाेबल टाइम्सले भनेकाे छ, ‘आखिर अहिलेसम्म ठाेस रुपमा के भएकाे छ ? यसअघि पनि बाराक अाेबामाले अाफ्नाे कार्यकालमा भारतलार्इ सुरक्षाा परिसादमा सिट दिलाउने वाचा गरेका थिए । के त्याे ब्यवहारिक भयाे ? भएन । के यसपटक पनि ट्रम्पले भारतलार्इ त्याे सिट दिलाउँछन् ? याे एउटा प्रश्न हाे ।’

उक्त अखबारले चीनकाे उदयका कारणा भारत र अमेरिका नजिक अाएकाे पनि दावी गरेकाे छ । साथै भारतभन्दा अस्ट्रेलिया र जापान चीनकाे नजिकका देश भएकाे पनि बताइएकाे छ ।

 

याे पनि पढ्नुहाेस्

सिक्किम सीमामा भारत र चिनियाँ सेनाबीच झडप । मानसराेवर जाने नाका राेक्याे चिनले

 

 

Loading...