जनबिरोधी कामले पार्टीको बदनाम गरेको भन्दै आफ्ना सालादेखि केपी आेली रुष्ट

काठमाडाैं । फरक आस्था भएकै कारण देशको प्रधानमन्त्रीको आदेश समेत अवज्ञा गरेको आरोप लागेका काठमाडाैं महानगरका मेयर बिद्या सुन्दर शाक्यमाथि विलासी गाडी खरीद गरेको आरोप थपिएको छ ।

बर्खामा काठमाडाैंका खाल्डाखुल्डीले बालबालिकाको जीवननै धरापमा परेको र सडकमा सास्ती समेत बढाएको भन्दै ७ दिन भित्र पूर्ण प्रधानमन्त्री शेराबाहादुर देउवाले दिएको निर्देशन मेयर शाक्यले मानेनन् । उनले खाल्डा खुल्डी पुर्ने नाममा बजेड खेर फाल्न नसकिने भन्दै जनताको करको बचत गर्ने भन्दै खाल्डो पूर्न नसकिने बताएका थिए ।

यतिबेला आफ्नो लागि त्यहि जनताको करबाट १ करोड २० लाख पर्ने विलासी गाडी खरिद गरेपछि उनी पुन बिबादमा तानिएका छन । यो वर्ष महानगरले जनप्रतिनिधिका लागि गाडी किन्न मात्रै ७ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

 

यसमध्ये १ करोड २० लाखको किलासी गाडी मेयरको लागि काठमाडाैं आइसकेको छ भने ८० लाख पर्ने गाडी उपमेयरको लागि बिरगंज भन्सारमा आइपुगेको छ । मेयर शाक्यले आफू नजिकका केही वडाअध्यक्षलाई पनि यसैवर्ष गाडी दिने योजनाअनुसार ठूलो रकम छुट्याइएको दाबी महानगर स्रोतले गरेको छ ।

 

करोड हाराहारीकै गाडी महानगरले उपलबध गराएको भएपनि मेयर शाक्यले उक्त गाडी पुरानो भएको भन्दै नया विलासी गाडी किनाएपछि सामाजिक संजालमा उनका आलोचकहरु ह्वात्तै बढेका छन । यस अघि पनि उनले बिरोधका बाबजुत जनताकै करबाट आफू र अन्य जनप्रतिनिधीहरुलाई महँगो मोबाइल किनाएका थिए । मोबाइल किन्ने निर्णय पहिलो नगर परिषदले गरेको थियो ।

 

नेकपा एमालेबाट निर्वाचित मेयर शाक्य अध्यक्ष केपी आेलीका सालासमेत हुन् । उनको जनबिरोधी कामले पार्टीको बदनाम भएको भन्दै आेलीसमेत उनोदेखि चिढिएको बालकोट स्रोत बताउछ ।

Loading...