भाषा, संस्कृति तथा सम्पदा संरक्षण निम्ति योगदान पुर्याउनको लागि “नेपा: युथ संस्कृतिक पुच:”को कार्यसमिति गठन

 

अत्यावस्यक रक्त संचारमा सक्रिय सामाजिक सेवा गर्दै आएको नेपा: युथ अर्गनाइजेसनको मातहतमा भाषा,संस्कृति र सम्पदा संरक्षणमा योगदान पुर्याउनको उद्देश्यले नेपा:युथ साँस्कृतिक समूह (साँस्कृतिक पुच: )नामको संगठनको घोषणा गरिएको छ ।
शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि संघीय समाजवादी फोरम नेपालका सह-अध्यक्ष एवं माननीय सभासद राजेन्द्र प्रसाद श्रेष्ठज्यु तथा विशेष अतिथि कन्यामन्दिर मा.वि. का प्रीन्सिपल श्री नगेन्द्र बहादुर बिष्टज्यु हुनुहुन्थ्यो ।
नवगठित साँस्कृतिक समूह अध्यक्षमा आर्यन महर्जन, सचिवमा सोनिया महर्जन,.सह-सचिव सुरज श्रेष्ठ,कोषाध्यक्ष सिमरन कपालि,सह-कोषाध्यक्षमा आमोश महर्जन गरि १३ जना को सदस्य समिति गठन गरिएको छ ।

साथै नवगठित संगठन (नेपा:युथ साँस्कृतिक पुच:) द्वारा य: मरि पुन्हीको उपलक्ष्यमा आयोजित ८ दिने त्यो सिं त्य कार्यक्रमका नृत्याङ्गनाहरु,वाद्यवादकहरु,संगीतकार,फोटोग्राफर एवं स्वयंसेवकहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै सो कार्यक्रम गर्न स्थान दिएर सहयोग गर्नुहुने श्री कन्यामन्दीर मा.वि. तथा मछिन्द्र क्लबलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।
यसोदा पाण्डे ले उदघोषण गरेको उक्त कार्यक्रम सोनिया महर्जनको सम्योजकत्वोमा प्रमुख अतिथि संघीय समाजवादी फोरम नेपालका सह-अध्यक्ष एवं माननीय सभासद श्री राजेन्द्र प्रसाद श्रेष्ठ ज्यु तथा विशेष अतिथि कन्यामन्दिर मा.वि. का प्रीन्सिपल श्री नगेन्द्र बहादुर बिष्टज्यु तथा अतिथि नेपा: युथ अर्गनाइजेसनका अध्यक्ष श्याम कृष्ण प्रजापतिको उपस्थिति रहेको थिए ।
नारायण महर्जनले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा मा. श्री राजेन्द्र प्रसाद श्रेष्ठज्युले भाषा,संस्कृति र सम्पदा संरक्षण निम्ति नेपा: युथ अर्गनाइजेसनको भुमिकाको प्रशंसा गर्दै भातृ संगठनको सफल कार्यकाल निम्ति शुभकामना व्यक्त गर्नुभयो र भाषा,संस्कृति र सम्पदा विनाको मानव जिबन मरेतुल्यको जीवन सरहहुने भन्नुहुदै सबैले यथासम्भब संरक्षण निम्ति योगदान पुर्याउनुपर्छ भन्नुभएको थियो ।
कन्यामन्दिर मा.वि. का प्रीन्सिपल श्री नगेन्द्र बहादुर बिष्टज्युले विगत ६-७ दशक देखिनै स्कुलले नेपाल भाषा पठनपाठन निम्ति पाईला चाल्दैरहेको र आवश्यक परेमा सहकार्य गरि अगाडि बढ्ने जानकारी गराउदै संस्था अनि कार्यसमितीको कार्यकाल सफलता निम्ति कामना गर्नुभयो ।
यस्तै नेपा: युथ अर्गनाइजेसनका अध्यक्ष श्याम कृष्ण प्रजापतिज्यु ले आजका युवाको संगीत तथा वाद्यवादन प्रतिको रुचिले नजानिदो तरिकाले देशको भाषा,संस्कृति तथा सम्पदा संरक्षण भइरहेको र यी युवाहरू समेती भातृ संगठनको रुपमा संगठित गर्न पाउँदा गौरवान्वित भएको कुरा राख्नु भयो ।
नेपा:युथ साँस्कृतिक पुच:का अध्यक्ष श्री आर्यन महर्जनले भाषा , संस्कृति र सम्पदा संरक्षण निम्ति आफू र समुहले जुनसुकै अवस्थामा पनि अघि बढ्ने र अहम् भुमिका निभाउने भन्दै कायक्रम सम्पन्न भएको घोषणा गर्नुभयो ।

Loading...