नाडाल युएस ओपनको प्रिक्वार्टरफाइनलमा

काठमाडौं । 

विश्व नम्बर १ राफेल नाडाल युएस ओपन टेनिसको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार बिहान राउण्ड ३२ मा भएको खेलमा स्पेनिस खेलाडी नाडालले रसियाका क्यारेन खचानोभमाथि कठिन जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।

डिफेन्डिङ च्याम्पियन नाडालले ३-१ को सेटमा पराजित गर्ने क्रममा पहिलो सेट नै गुमाएका थिए । बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेका हुन् ।

३२ वर्षीय नाडालले ५-७, ७-५, ७-६ (९-७) र ७-६ (७-३) को सेटमा खचानोभलाई पराजित गरेका हुन् । सेमिफाइनल प्रवेशका लागि नाडालले अब जर्जियाका निकोलोज बसिश्भिलीसँग प्रतिस्पर्धा गर्ने छन् ।

२०७५ भदौ १६ मा प्रकाशित ।

Loading...