मनिस्कर्ट लेडीको यो भिडियो भाइरल बन्यो संसारभर (हेर्नुहोस भिडियो)

साउदी अरबका अधिकारीहरू एक महिलासित सोधपुछ गरिरहेका छन्, जसले मिनीस्कर्ट र छोटो टप्स लगाएको आफ्नो एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । खुलुद नामकी यी मोडलले एक चिरपरिचित ऐतिहासिक उसायकिर किल्लामा घुम्दै गर्दाको आफ्नो भिडियो पोस्ट गरेकी थिइन् ।

सामाजिक सञ्जालमा यो भिडियो चर्को चर्चाको विषय बनेको छ । केही मानिसले यसलाई रुढिवादी देशमा ‘ड्रेस कोड’ को गम्भीर उल्लंघन बताउँदै ती महिलाको गिरफ्तारीको माग गरेका छन् । साउदी अबरका कैयौँ मानिस ती महिलाको समर्थनमा उत्रिएका छन् । र, उनीहरूले यस ‘बहादुरी’ का लागि उनको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

साउदी अरबमा महिलाका लागि सार्वजनिक स्थानमा यात्रा गर्दा खुकुला खालका पूरै शरीर ढाक्नेवाला विशेष प्रकारको वस्त्र लगाउनु र शिरलाई पूर्णतः ढाक्नु अत्यन्त जरुरी ठानिन्छ । उनीहरूका लागि गाडी चलाउन पनि मनाही छ भने अनजान पुरुषबाट उनीहरू टाढै रहनुपर्छ।

गतसाता पहिलोपटक यो भिडियोलाई ‘स्न्याप च्याट’मा सेयर गरिएको थियो । यस भिडियोमा ती महिला राजधानी रियादको उत्तरमा अवस्थित नाज प्रान्तको ऐतिहासिक महत्ववाला उसायकिर किल्लाको सुनसान गल्लीमा मिनीस्कर्ट र छोटो टप्स लगाएर घुमिरहेको देखिन्छ ।
नाज प्रान्त साउदी अरबको पनि सबैभन्दा रुढिवादी क्षेत्र मानिन्छ । १८औँ शताब्दीमा यस स्थानमा सुन्नी वहाबी इस्लामका प्रवर्तकको जन्म भएको थियो । साउदी अरबका राजपरिवार र यहाँका धार्मिक संगठन सुन्नी इस्लामको सबैभन्दा कट्टर मानिने वहाबी पन्थलाई अंगीकार गर्छन् ।

साउदी अरबमा ट्विटरमा छिटै यस भिडियोलाई सेयर गर्न थालियो र मानिसहरू यस विषयमा दुई पाटामा विभाजित भएका देखिन्छन् । जहाँ एउटा समूहले सो भिडियोको विरोध गर्दै यसका लागि खुलुदलाई सजाय दिनुपर्ने माग गरिरहेको छ भने अर्को समूहले चाहिँ उनी जे लगाउन चाहन्छिन्, उनलाई सोही पोसाक लगाउने स्वतन्त्रता हुनुपर्छ भनेका छन् ।

पत्रकार खालिद जिदानले लेखेका छन्— ‘हया’ अर्थात् धार्मिक प्रहरी पुनः सक्रिय हुनु जरुरी छ । एक अन्य व्यक्तिले भनेका छन्— हामीले देशको कानुनको सम्मान गर्नुपर्छ । फ्रान्समा हिजाबमाथि प्रतिबन्ध लगाइएको छ । त्यहाँका महिलाले यदि हिजाब लगाए भने उनीहरूमाथि जरिवाना गरिन्छ । तर, साउदी अरबको कानुनअनुसार ‘अबाया’ लगाउनु आवश्यक छ, जसलाई एक शालीन पोसाक मान्ने गरिन्छ ।

लेखक तथा चिन्तक वेल अल कासिमले भनेका छन्— यस्तो डरलाग्दो ट्विट देखेर म जति दुःखमा छु, त्यति नै आक्रोशित पनि छु । मलाई त यस्तो लाग्यो कि सायद उनले कसैमाथि बम प्रहार गरेर कसैको हत्या गरिदिएकी छिन् । गतवर्ष लागू गरिएका सुधार कार्यक्रमको चर्चा गर्दै उनले भनेका छन्— उनको गिरफ्तारीले देशको भिजन— २०३० को सफलता प्राप्त हुन्छ हुँदैन, मलाई थाहा छैन ।

३१ वर्षीय साउदी राजकुमार मोहम्मद बिन सलमानले गतवर्षका यी सुधार कार्यक्रमलाई हरियो झन्डा देखाएका थिए । केही मानिसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्प र उनकी छोरी इवान्कासित खुलुदको तुलना गरेका छन् । जसले आफ्नो साउदी यात्राका क्रममा न त अबाया लगाएका थिए, न त आफ्नो शिर नै ढाकेका थिए ।

कैयौँ मानिसहरूका अनुसार यदि खुलुद विदेशी महिला हुन्थिन् भने मानिसहरू उनको सुन्दरताको चर्चा गर्ने थिए । तर, उनी साउदी नागरिक हुन्, त्यसैले मानिसहरू उनको गिरफ्तारीको माग गरिरहेका छन् । फातिमा अल इस्साले लेखेकी छिन्— उनी यदि विदेशी हुन्थिन् भने मानिसहरू उनको कम्मरको सुन्दरता र नसालु आँखामाथि अनेकौँ गीत लेखिरहेका हुने थिए । तर, उनी त साउदी हुन्, त्यसैले उनीहरू उनको गिरफ्तारीको माग गरिरहेका छन् ।

सोमबार प्रकाशित हुने ‘ओकाज’ पत्रिकाले एक समाचार प्रकाशित गरेको छ । उसायकिरका अधिकारीले प्रान्तीय गभर्नर तथा प्रहरीलाई खुलुदविरुद्ध कारबाही गर्नका लागि आदेश दिएका छन् । देशको धार्मिक प्रहरीले ट्विटमा लेखेको छ कि उसलाई सो विवादास्पद भिडियोबारे जानकारी छ र ऊ सम्बन्धित अधिकारीसितको सम्पर्कमा छ ।

Loading...