एकाएक मुटुमा समस्या आएपछि पूर्वराजा ज्ञानेन्द्र नर्भिकमा भर्ना

काठमाडौँ, ४ साउन । पूर्वराजा ज्ञानेन्द्र शाह स्वास्थ्य उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका छन् ।

मुटुमा समस्या देखिएपछि उपचारका लागि पूर्वराजा शाह आज बिहान अस्पताल पुगेको उनका स्वकीय सचिव फणिराज पाठकले बताएका छन् ।

प्राडा यादव भट्ट नेतृत्वको चिकित्सक टोलीले पूर्वराजा शाहको उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।

Loading...