ज्वरो र टाइफाइडका बिरामी बढे

दमौली, ३ साउन । केही दिनयतादेखि तनहूँको दमौली अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् ।

ज्वरो, भाइरल फिवर, दम, झाडापखाला, टाइफाइडजस्ता रोगका बिरामीको संख्या बढेको दमौली अस्पतालका डा सिर्जना शर्माले जानकारी दिए ।

एकसय छ डिग्री सेल्सियससम्म उच्च ज्वरोका बिरामीसमेत उपचारका लागि आउने गरेको दाबी उनले गरे । जटिल किसिमका विरामीलाई पोखरा सिफारिस गरी पठाउने गरिएको डा. शर्माले बताए ।

दैनिक ७०÷८० जना बिरामी उपचारका लागि आउने गरेका छन् । यसअघि ४०÷५० जना बिरामी उपचारका लागि मुस्किलले आउँथे । बिरामीलाई खानपिन, व्यायाम र सरसफाइमा ध्यान दिन सल्लाह दिँदै आएको अस्पतालका चिकित्सकहरू बताउँछन् ।

व्यास नगरपालिका र छिमेकी गाउँपालिकाबाट बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

Loading...