विदेशी बैंकहरुबा ७८ अर्ब ल्याउँदै नेपालका बैंकहरु

काठमाडौं, १५ असार । लगानीयोग्य पुँजी (तरलता) को अभाव भएपछि बैंकहरुले विदेशी बैंकहरुबाट करिब ७८ अर्ब रुपैयाँ ल्याउने पक्रिया सुरु गरेका छन् ।

नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले प्राथमिक पुँजी (कोर क्यापिटल) को २५ प्रतिशतसम्म विदेशी बैंकबाट ऋण लिन पाउने व्यवस्था गरेपछि बैंकहरुलाई विदेशबाट ऋण ल्याउन बाटो खुलेको हो ।

हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंकको प्राथमिक पुँजी करिब तीन खर्ब ११ अर्ब रुपैयाँ छ । त्यसको २५ प्रतिशत भनेको करिब ७८ अर्ब हुन आउँछ ।

Loading...