महिला पत्रकार सम्मानित

असार २ ,काठमाडौँ / बिश्वोको सर्वोच्च शिखर सगरमाथा सफल आरोहन गरेकी महिला पत्रकार कल्पना महर्जन, पूर्णिमा श्रेष्ठ, रोशा बस्नेत, देउराली चाम्लिङलाई शुक्रबार नेवाः प्रेस दबू तथा नेपालमण्डल साहित्यिक प्रतिष्ठानले संयुक्त रुपमा सम्मान गरेको छ ।
 कार्येक्रम्का प्रमुख अतिथि मोती लाल शिल्पकारले शुभकामना दिदै महिला पत्रकारको यो कदमलाई  साहाशिक, गर्व गर्न लाय्रकको कार्येको संज्ञा दिनुका साथै  आँट गरे जुनै पनि काम सफल हूने बताउनु भयो ।
नेवाः प्रेस दबूया नायः नरेन्द्र श्रेष्ठको सभापतित्वोमा दबूका सचिव मञ्जु बज्राचार्यं द्वारा संचालित कार्येक्रममा नेपालमण्डल साहित्यिक प्रतिष्ठानका सचिव सगेन्द्र महर्जले स्वागत मन्तव्य राख्नु भयो ।
गएको बैशाख ४ गते काठमाडौँ महानगर पालिकाका मेयर विद्यासुन्दर शाक्यले आरोहणदललाई सफलताको कामनासहित नगद २५ लाख रकम हस्तान्तरण गर्नु भएको थियो । आरोही टोलीमा मेघा टेलिभिजनकी कल्पना महर्जन, राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत,फोटो पत्रकार पुर्णिमा श्रेष्ठ , न्यूज ट्वान्टी फोरकी प्रियालक्ष्मी कार्की र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ राई हुनु भएको थियो ।

 

 

फोटो सौजन्य -राजेन्द्र रंजित

Loading...